• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाको बन्दले जनजीवनप प्रभावित




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको साविक बन्दका कारण साविक राप्तीका छ वटै जिल्लाको जनजीवन प्रभावित बनेको छ । जसबाट रुकुमपश्चिम, रुकुमपूर्व, रोल्पा, प्युठान, सल्यान र दाङको जनजीवन प्रभावित बनेको छ । अप्रिय घटना भने कतै नभएको प्रहरीले जनाएको छ ।

पहिलोपटक सरकारी कार्या बन्द
त्यस्तै रुकुम पश्चिमको जनजीवन कष्टकर बनेको छ । जिल्लामा शिक्षणसंस्था, यातायत, तथा केहि सरकारी कार्यालय बन्द भएका छन् । साथै बिहानै देखि जिल्लाका सबै वजारमा पसल, उद्योग तथा कलकारखाना ठप्प छन् ।

बन्दको कारण यातायत नचल्दा यात्रुहरुलाई गन्तव्य सम्म पुग्र्ने सास्ती परेको छ । जिल्लाको सदरमुकाम सम्म पुगेको स्थानीय यातायत संचालन नहुदा समस्यामा परेका छन् । जिल्लामा कुनै पनि साना तथा ठुला सवारि साधन चलेका छैनन् ।

बन्दको कारण जिल्ला पहिलो पटक सरकारी कार्यालय पनि बन्द भएका छन् । वजारमा रहेका सबै पसलहरु बन्द भएका छन् । कार्यक्रता बन्द गराउदै नहिडेको भए पनि त्रासको कारण व्यापारी तथा कर्मचारीले आफ्नो व्यापार तथा कार्यालय बन्द गराएका छन् ।

जिल्ला सदरमुकाम लगायत वजार बिहानै देखि सुनसान छन् । त्यस्तै रुकुम पुर्वको जनजिवन पनि कष्ठकर बनेको छ । पुर्वमा पनि बिहानै देखि यातायत तथा पसलहरु बन्द रहेका छन् । रुकुमकोटमा भने केहि बिद्यालयहरु भने खुल्ला रहेका छन् ।

पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै नेकपाले साविकको राप्ती बन्दको घोषणा गरेको हो ।

फागुन २१ मा दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, ईश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वली र फागुन २० मा रोल्पाका जिल्ला सदस्यहरु टीकाराम परियार, लालबहादुर बिक, नृतेन्द्र सेनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ब्युरो इन्चार्ज सुवासले जारी विज्ञप्तीमा विनाकारण पक्राउ परेका पार्टीका नेताहरुलाई विनासर्त रिहाइ गर्न माग गरिएको छ । बन्द बिहीबार साँझ ६ बजेसम्म रहने बताइएको छ ।।

Facebook Comments