• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाद्वारा फागुन २३ गते राप्ती बन्दको आव्हान




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीवार राप्ती बन्दको आव्हान गरेको छ ।

गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग गर्दै नेकपा राप्ती ब्यूरोले बन्द आव्हान गरेको जनाएको छ ।

ब्यूरो इञ्चार्ज सुवासले जारी गरेको विज्ञप्तिमा संगठन सुदृढ तथा विस्तार अभियान जुटिरहेको देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गिरफ्तार, धरपकड, कुटपिट गरिएको भन्दै विरोध गरिएको छ ।

रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएको छ भन्दै फागुन २० गते ने.क.पा. रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन तथा फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गिरफ्तार गरिएको विज्ञप्तिमा उल्लखे छ ।

यसको बिरोधमा फागुन २३ गते एक दिन राप्ती बन्द आव्हान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments