• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा गाउँपालिका अध्यक्षले भाडामा लिएको गाडीमा आगजनी




रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षको गाडीमा आगजनी भएको छ ।

अज्ञात समूहले आगजनी गरेको रोल्पा प्रहरीले जानकारी दिएको हो । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी दिपक खडकाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष बिरबहादुर खत्री अपराजयको भे १ ज २७८५ नम्बरको गाडी ४ नम्बर वडा कार्यालय म्वालेखोलामा रोकी राखेको अवस्थामा आगजनी भएको हो ।

खत्रीले उक्त गाडी भाडामा लिएर चलाउँदै आउनुभएको गाउँपालिकाले बताएको छ ।

रोल्पाका दुई स्थानमा भएको घटनाको जिम्मेवारी भने अहिले सम्म कसैले पनि लिएको छैन ।

यद्यपि नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले बुधवार रोल्पामा सरकारी गाडीमा रोक लगाएको बताएकाले सोही पार्टीका कार्यकर्ताले आगजनी गरेको प्रहरीको अनुमान छ ।

Facebook Comments