• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद परिवारको सम्मानः सहिदकै बलिदानले गाउँगाउँमा सिंहदरवारः पुन




रुकुम पश्चिम सानिभेरी गाउँपालिकामा शहिद पररिवार तथा घाइतेहरुलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष नरबहादुर पुनले महान शहिदहरुको विरता र त्यागले नै अहिलेको गाउँ गाउँमा सिंहदरबारको नारा सार्थक भएको बताउनु भएको छ ।

१० वर्षे जनयुद्ध र विभिन्न जनआन्दोलनमा हजारौं शहिदहरुको बलिदान र त्यागले गर्दा देशमा संघियता आएको र ठुलो परिवर्तन भएको उहाँले बताउनुभयो ।

त्यस्तै सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि धनबिर ‌ओलीले शहिदले देखेको सपना अझै पुरा हुन नसकेको बताउनु भयो ।

आफुहरुले शहिद परिवार तथा घाइतेका इच्छा आकांक्षा पुरा गर्न नसकेको स्वीकार समेत गर्नुभयो । उहाँले स्थानिय सरकारको काम कार्बाहीमा कुनै गलत काम गरेमा शहिद परिवार तथा घाइते अपांगहरुले औला उठाउनु पर्ने बताउनु भयो ।

गाउँपालिका भित्रका ५२ शहिद परिवार तथा १५ घाइते अपांगहरुलाई गाउँपालिकाल सम्मान गरेको छ । जनयुद्ध तथा जनआन्दोलनमा राज्य पक्षबाट र विद्रोही पक्षबाट मारिएका र जनयुद्धका घाइतेहरुलाई सम्मान गरेको छ ।

शहिद सप्ताहको अवसरमा सानीभेरी गाउँपालिकाको प्रांगनमा सम्मान कार्यक्रम गरिएको हो ।गाउँपालिलका भित्र राज्य पक्षबाट ५० जना र विद्रोही पक्षबाट २ जना गरी ५२ जना शहिद परिवार रहेको गाउँपालिकाले जनाएको छ ।

सानिभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनबिर ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।

विभिन्न राजनैतिक दलका प्रतिनिधी गाउँपालिका अन्तर्गतका कार्यालय प्रमुख, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिका उपाध्यक्ष इन्दिरा ओलीले गर्नु भएको थियो ।

Facebook Comments