• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेन बहुप्राबिधिक शिक्षालयले पायो भवन बनाउन डेढ करोड




घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको भवन निर्माणका लागि प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटीइभीटी)ले डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । परिषद् कार्यालयले मंगलवार सो निर्णय गरेको हो ।

शिक्षालयको जग्गा प्राप्ति प्रक्रिया अघि बढेसँगै परिषद्ले भवन निर्माणका लागि बजेट विनियोजन गरेको हो । परिषद्ले पूँजीगत बजेटबाट सो रकम विनियोजन गरेको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

यता विद्यालयको जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढेको छ । आधारभूत विद्यालय कर्जाहीले विद्यालयको जग्गा प्राविधिक शिक्षालयलाई दिने सहमति दिइसकेको छ भने घोराही उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले पनि जग्गा प्राप्तिका लागि अनुमति दिने निर्णय गरिसकेको छ । जग्गा प्राप्ति प्रक्रिया पूरा भएलगत्तै भवन निर्माणको काम शुरु गरिने सिटीइभीटी जनाएको छ ।

शिक्षालय स्थापना भएकै बर्ष शिक्षक र विद्यार्थी दुर्घटनामा परेर थलिएको शिक्षालय फेरि अघि बढ्न थालेको छ । दुर्घटनाबाट बाँचेका र दुर्घटनामा नपरेका गरी अहिले १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

Facebook Comments