• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्रान्तिकारीको अगुवाइमा बंगलाचुलीमा पहिलोपटक रक्तदान




नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले बंगलाचुलीमा पहिलोपटक रक्तदान कार्यक्रम गरेको छ ।

सहिद सप्ताहको अवसरमा अखिल क्रान्तिकारीले नेपाल रेड्क्रस सोसाइटी उपशाखासँग समन्वय गरी रक्तदान गरेको हो । बंगलाचुली गाउँपालिका ३ काभ्रेको स्वास्थ चौकीमा पहिलोपटक रक्तदान गरिएको हो ।
कार्यक्रममा आठ जनाले रक्तदान गरेका छन् । जसमा अखिल(क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा नारायणी ब्युरो संयोजक मदन केसी, अखिल(क्रान्तिकारी )का बिशेष जिल्ला अध्यक्ष सुशील परियार, पत्रकार जंगबहादुर रेउले, अखिल(क्रान्तिकारी )का जिल्ला उपाध्यक्ष प्रेम बुढा, धनबहादुर परियार, तिलक बिक लगाएतले रक्तदान गर्नुभएको थियो ।

अध्यक्ष परियारले रक्तदान गर्ने र रक्तदानमा बिशेश सहयोग गर्ने नेपाल रेड्क्रस सोसाइटी दाङ शखा र उपशाखा बंगलाचुलीलाई धन्यवाद दिनुभयो ।

Facebook Comments