• २६ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको भवन निर्माणका लागि महोत्सवको तयारी




प्रथम रुकुम पश्चिम प्रादेशिक कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाम मुसीकोटमा चैत्र ७ गते देखि चैत्र १७ गतेसम्म महोत्सव हुन लागेको हो ।

रुकुम पश्चिम समद्धिका आधार, कला संस्कृति पर्यटन विकास र हाम्रा उद्योग व्यापार भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । आज मुसीकोटमा पत्रकार सम्मलेनको आयोजना गरी महोत्सव संचालनका बारेमा जानकारी गराईएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा रुकुमको निर्माणाधिन भवनको सहयोगार्थ महोत्सव आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष अमित परियारले जानकारी दिनुभयो । मुसीकोट १ खलंगामा निर्माणाधिन प्रतिष्ठानको भवनको बाँकी काम सम्पन्न गर्नका लागि सहयोग उठाउँनु महोत्सवको मुख्य उद्ेश्य रहेको उहाँको भनाई छ ।

यसका अलावा जिल्लाको कला संस्कृतिको जगेर्ना गर्ने, कला संगित प्रशिक्षण केन्द्र निर्माण गर्ने, जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउँने, भेष भुषा तथा कला संस्कृतिको जगेर्नामा सहयोग गर्नुका साथै कर्णाली भ्रमण वर्ष २०७५ लाई सफल बनाउँने उद्ेश्य समेत राखिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सहित स्थानीय कला संस्कृति, कृषि, पर्यटन सम्बन्धी स्टल संगै व्यापारीक स्टलहरु पनि रहने आयोजकले जनाएको छ । महोत्सव खलंगाको बह्राटाकुरा टुँडिखेलमा हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव तुल देवकोटाले बताउनुभयो ।।

Facebook Comments