• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिप्लव नेकपाद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङ मध्य कमाण्डले घोराहीमा शहिद तथा बेपत्ता योद्धा परिवारहरुलाई अभिनन्दन गरेको छ ।

घोराही उपमहानगरपालिका अन्तर्गत रहनुभएका शहिद परिवार तथा बेपत्ता योद्धा ५५ जना परिवारहरुलाई अभिनन्दन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सम्झना घर्तीको प्रमुख आतिथ्य तथा नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज सविन पोख्रेलको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अतिथि वक्ताहरुले एकिकृत जनक्रान्तिमार्फत शहिदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वक्ताहरुले एकिकृत जनक्रान्तिमा शहिद तथा बेपत्ता योद्धाका परिवारहरु पनि हातमा हात साथ साथ रहनुपर्ने बताएका छन् । कार्यक्रममा उपस्थित सबै शहिद तथा बेपत्ता योद्धा परिवारहरुले पनि सबै एक साथ मुठ्ठी उठाएर एकिकृत जनक्रान्तिमा साथ दिने समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्य प्रदिप, शहिद मञ्जु चौधरीका बुवा फलिराम चौधरी, शहिद पहाडका जीवनसाथी सिर्जना लगायतले बोल्नुभएको थियो । पार्टी मध्य कमाण्ड इन्चार्ज गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन घोराही सेक्रेटरी जनक बिकले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रितिमा चौधरीले राख्नुभएको थियो ।

त्यस्तै नेकपा दाङ पूर्वी कमाण्डले लमहीमा पनि सहिद परिवार तथा बेपत्ता योद्धा परिवारहरुलाई अभिनन्दन गरेको छ । नेपाल कम्युनिस्ट जिल्ला सचिवालय सदस्य तथा दाङ पूर्वी कमाण्ड इन्चार्ज निर्मलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनपरिषद प्रमुख तथा मध्य कमाण्ड इन्चार्ज गणेश चौधरी, सहिद होम बहादुर घर्तीका छोरा कृष्ण घर्ती लगायतले बोल्नुभएको थियो ।

पार्टी जिल्ला सल्लाहकार गणेश केसी लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य पार्टीका लमही इन्चार्ज एकराज चौधरीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका इन्चार्ज भिमप्रकाश पुन गर्नुभएको थियो ।

Facebook Comments