• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाहाल प्रतिष्ठानमा शिव–इन्दिरा अक्षयकोष स्थापना




बाँकेको कोहलपुर नगरपालिका १० विद्यानगर घर भइ हाल अष्टे«ेलियामा बसोबास गर्ने डा. केशवराज शर्मा दाहालले बुवा आमाको नाममा ‘शिव–इन्दिरा छात्रवृत्ति’ अक्षयकोष स्थापना गर्नुभएको छ ।

बुवा शिवकुमार शर्माको ८४ सिद्ध पूजनको अवसरमा शर्माले दाहाल प्रतिष्ठानमा अक्षयकोष स्थापना गर्नुभएको हो । कोषबाट हरेक बर्ष दाहाल परिवारभित्रबाट उच्च शिक्षामा अध्ययन गर्ने दुइ जना बिपन्न विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ ।

दाहाल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शालिग्राम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोष घोषणा गरिएको हो ।

कार्यक्रममा उपाध्यक्ष द्रोणाचार्य दाहाल, महासचिब पुण्यप्रसाद दाहाल केन्द्रिय सदस्यद्वय लिलाकांन्त दाहाल र सूर्यकुमार दाहाल, केन्द्रिय सदस्य समेत रहनु भएका प्रदेश ५ का संयोजक इन्द्रलाल दाहाल, कर्णाली प्रदेशका सांयेजक कैलाश दाहाल गौरहह्दह शाखा अध्यक्ष शिवप्रसाद दाहाललगायतले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालन प्रतिष्ठानका केन्द्रीय सदस्य गेहेन्द्रप्रसाद दाहालले गर्नुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानका तीन प्रदेशका अगुवाहरुको भेला भएको थियो । कार्यक्रममा दाहाल प्रतिष्ठानका प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका अगुवाहरुको उपस्थिति रहेको थियो ।

रुकुमको मुसीकोट सेरीगाउँमा जन्मनुभएका शिवकुमार दाहाल हाल बाँके कोहलपुरमा बस्दै आउनुभएको छ ।

२०१४ सालमा एसएलसी उत्तीर्ण गरेपछि १६ बर्ष शिक्षण र २० बर्ष विद्यालय निरीक्षकको रुपमा सेवा गर्नुभएका शर्माले रेडक्रसलगायतका सामाजिक संस्थामा रहेर पनि सामाजिक सेवा गर्नुभएको थियो ।

सेरीगाउँको यमुनानन्द नमूना माविको स्थापनामा अग्रणि भूमिका निर्वाह गर्नुभएका शर्माले अनुसन्धानमूलक कृति पश्चिम नेपालका दाहालहरुको बंशावली प्रकाशित गरिसक्नुभएको छ ।

Facebook Comments