• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिंसा न्यूनीकरण गर्न समुदायसँग प्रहरी




रुकुमपूर्वमा आइतबार हिंसा सम्बन्धी अन्तरकृया कार्यक्रम आयोजित गरिएको थियो । सरकारी वकिल र जिल्ला प्रहरी कार्यालयको संयुक्त रुपमा रुकुमकोट सिस्ने शिक्षा क्याम्पसमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको हिजो लैंगिक हिंसा तथा समूदायको हिंसा सम्बन्धी क्याम्पस परिवार, अभिभावक र राजनैतिक दल लगायतका अन्तरकृया कार्यक्रममा सहभागिता रहेको थियो । नेपाल प्रहरीले देशव्यपीमा सञ्चालन समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको लैंगिक हिंसा सचेतना सम्बन्धी अन्तरकृया कार्यक्रम आइतबार सरकारी वकिलसँगैको संयुक्त कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक डेसपी योगेन्द्रकुमार खड्काले बताउनुभयो ।

समूदाय तथा कार्यालय र व्यक्तिगत प्रवाभले भइरहेका घटनालाई न्यूनिकरण गर्ने र हुन नदिन सव्य समाजको निर्माण गर्नेमा नेपाल प्रहरीको कार्यक्रम अन्तर्गत समूदाय सचेतना बनाउने कार्यक्रमको मूल उद्देश्यलाई कार्यन्वयन गर्नमा विभिन्न कार्यक्रम प्रहरीद्वारा सञ्चालित रहेको डेसपी खड्काले जानकारी दिनुभयो । स्थानीय सरकारको समन्वयमा जिल्लाका सबै ठाउँ, कार्यालय, विद्यालयमा विविध नागरिक सचेतना मूलक कार्यक्रम सञ्चालन गरिने डेसपी खड्काको भनाइ रहेको छ ।

जिल्लाका सरकारी वकिलले पनि आफ्ना तर्फबाट सहयोग हुने र भुमिकाबारेमा कार्यक्रम राखेको थियो । खासगरि मुलुकी देवानी संहिता ऐनबारेमा प्रष्टरुपले अन्तरकृया गरेको थियो । मुद्दाको रुप तथा पहिचान र दोषीलाई कस्तो खालको कारबाही हुन्छ भन्ने कुराको जानकार गरिएको हो ।

हिंसाको सम्बन्धी भिन्ता, अर्थ, प्रकृति, कारण त्यसैगरी समाधान र कानुनी व्यवस्थाको बारेमा प्रहरी कन्ट्रोल देखि हिरासत कक्ष हुँदै सञ्चारसम्मको शाखा अन्तरकृयामा अवलोकन गराएको थियो । सहभागिको जिज्ञासाको उत्तर दिएर समाधान गरिए । कार्यक्रम हलमा मल्टिमिडिया प्रोजेक्टर मार्फत प्रहरीका गतिविधि तथा सरकारी वकिल समूदाय र व्यक्तिले अपनाउनु पर्ने सुरक्षा साब्धानी तथा समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको उमेर समूह अनुसारको सचेतना मुलक जानकारी गरिएको हो ।

विभिन्न हिंसामा समस्या परियो भने कहाँ कसरी न्याय पाउन सकिन्छ भन्ने मनमा अन्योल्टा हुन्थ्यो अब देखि आजको सरकारी वकिल र प्रहरीले दिएको शिक्षालाई आफुले अन्तरकृयाबाट बुझेको र थाहा पाएको कुरालाई समाजमा सचेतना दिने क्याम्पसमा अध्यानरत रमिना पुन मगरले बताउनुभयो । सरकारी वकिलबाट मुलुकी देवानी ऐन र प्रहरीसँगको साझेदारी कार्यक्रम मार्फत हिंसाको प्रकृति र आफुले पनि आफ्नो समाज प्रती उत्तरदायी भएर भुमिका निर्भाह गर्नु पर्दो रहेछ । आफुले पाएको शिक्षा समूदायमा जानकारी दिने सहभागीले हर्षित भएर सबैको सहकार्यमा शान्ती सुरक्षालाई कायम बनाइ राख्ने सहभागिले जनाए ।

Facebook Comments