• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ५ को विकासमा जर्मन सरकारको चासो




प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग मित्र राष्ट्र जर्मनीका महामहिम राजदुत रोल्याण्ड स्याफर सहितको एक टोलीले मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ ।

भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको,प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको जानकारी दिनुभयो ।

उहाँले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताउनुभयो । उहाँले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी दिनुभयो ।

उहाँले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति पं्रशसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताएको बताउनुभयो ।

भेटमा राजदुत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताउनुभयो । उहाँले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकुल कानुनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

भेटमा उहाँले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिनुभयो ।

भेटमा जर्मन संसदका सदस्य टोविया पीफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसदका प्रमुख मोनिका हेइन लगायत सहभागी हुनुहुन्थ्यो ।

भेटमा टोलीले केही दिन अघि हेलिकोप्टर दुर्घटनामा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितको निधन भएकोमा स्तब्ध भएको भन्दै सहानुभूति व्यक्त गरेको छ । मुख्यमन्त्रीले शोकको घडीमा सहानुभूति दिएकोमा आभार व्यक्त गर्नुभयो ।

Facebook Comments