• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अबको कार्य भनेको सडकको स्तरोन्नति हो: अध्यक्ष पुन




रुकुम पश्चिम सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले सडक क्षेत्रको आगामी कार्य भनेको सडकको स्तरोन्नती रहेको बताउनु भयो । गाउँपालिका भित्रका केहि ठाउँ बाहेक मूख्य क्षेत्रहरुमा सडकको ट्रयाक खोलि सकिएकाले अर्को आर्थिक वर्षदेखि नयाँठाउँमा भन्दा भएका सडकहरुको स्तरोन्नती गरिने बताउनु भएको हो ।

आइतबार सानिभेरी गाउँपालिका वडा नं ९ का दुईवटा नयाँ सडकको अनुगमनका क्रममा उहाँले यसो भन्नुभएको हो । आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा नयाँ सडकहरुलाई प्राथमिकता दिइएको र त्यस अनुरुप गाउँपालिकाको लक्ष्य अनुसार काम भएकाले आगामी वर्ष देखी भएका सडक संरचनाको स्तरोन्नती हुनेछन् अध्यक्ष पुनले भन्नुभयो । जताभावी सडक खन्दा बाढि पहिरोको जोखिम र पर्यावरण विग्रिने भएकाले गाउँपालिकाले सडक गुरुयोजना निर्माण गरी त्यसै अनुरुप कार्य अघि बढ्ने समेत बताउनु भयो ।

सानीभेरी गाउँपालिका वडा नं ९ का स्यालिबोट-खामुहाले-चवर कृषि सडक र सिम्ली- स्यालिबोट-मगररांजा- धैरेनी – तङ्ग-छेलोहान्ने सडकको अनुगमन गरिएको छ । सानिभेरी गाउपालिका उपाध्यक्ष इन्दिरा ओलीको नेतृत्वको टफलिले दुईवटा सडक अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पहिलो वर्ष भन्दा यस वर्षको सडक राम्रो देखिएको अनुगमन संयोजक तथा उपाध्यक्ष इन्दिरा ओलीले बताउनु भयो । उहाँका अनुसार पहिलो वर्षको अनुगमन क्रममा सडक अलि ठाडो भएको र त्यसलाई सच्याउन गरिएको निर्देशन अनुसार समितिले काम गरेकाले यस वर्ष सडक राम्रो भृको बताउनु भयो ।

गाउँपालिकाको आर्थिक वर्ष ०७५/०७६ मा विनियोजित २२ लाख बजेटबाट २हजार ३ सय १४ मिटर नयाँ सडक निर्माण गरिएको छ ।

Facebook Comments