• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हेलिकोप्टर दुर्घटनामा निधन भएकाका परिवारलाई सभामुखको सान्त्वना




सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुका परिवारलाई भेटी सान्त्वना व्यक्त गर्नुभएको छ ।

आइतबार (आज) सभामुख महराले पशुपतिमा काजकिरियामा बसेका दुई परिवार तथा घरमै काजकिरिया गरिरहेका तीन परिवारलाई भेटी कठीन अवस्थामा विचलित नभई धैर्य गर्न आग्रह गर्नुभएको हो ।

पशुपतिमा किरिया बसिरहेका प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहालका परिवार र पर्यटनमन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन कुमार घिमिरेका परिवारलाई भेट गर्नुभएको थियो ।

त्यसैगरी कोटेश्वरस्थित श्रेष्ठको घरमा नेवारी परम्पराअनुसार अन्तिम संस्कार गरिरहेका नेपाल नागरिक उड्ड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्र प्रसाद श्रेष्ठको परिवारलाई घरमै पुगेर सान्त्वना व्यक्त गर्नुभयो भने प्राधिकरणकै निर्देशक ध्रुवदास भोछिभोयाको बागबजारस्थित घरमै पुगेर शोकाकूल परिवारलाई धैर्य गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, हेलिकोप्टरका चालक प्रभाकर केसीको घर ताहाचल पुगेर शोकाकूल परिवारजनलाई धैर्यधारण गरी परिवारको सदस्य गुमाएको पीडा सहन गर्न आग्रह गर्नुभयो ।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाले राज्यलाई निकै क्षति भएको भन्दै सभामुख महराले आ–आफ्नो क्षेत्रमा निकै कुशल, सक्षम र देशका लागि निकै भरोसायोग्य व्यक्तित्वहरुलाई दुर्घटनामा गुमाउनुपरेको बताउनुभयो ।

Facebook Comments