• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद सप्ताहमा सहिद परिवारको सम्मानः सहिद परिवारले गौरव महसुस गर्नुपर्छः आचार्य




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निर्मल आचार्यले सहिदकै बलिदानका कारण नेपालमा गणतन्त्रलगायतका राजनीतिक परिवर्तन भएकाले सहिद परिवारले गौरव महसुस गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका वडा नम्बर ६ ले आइतवार सहिदपार्कमा गरेको सहिद परिवार अभिनन्दन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

नेपाली समाजमा रहेको अन्याय अत्याचारका बिरुद्ध भएको दश बर्षे जनयुद्ध नै आजसम्मको सबैभन्दा लामो र जनपक्षीय युद्ध भएको औल्याउँदै उहाँले त्यसपछि नेपाली समाजमा आएको अभूतपूर्व जागरण सबैभन्दा ठूलो सम्पत्ति रहेकाले यति ठूलो सम्पत्तिका हकदार सहिद परिवार निराश हुन नहुने बताउनुभयो ।

सहिद परिवारको तर्फ बोल्दै सहिद कृष्णी चौधरी र अर्जुन चौधरीका बुवा जगवीर चौधरीले सामान्य सुधारका लागि मात्रै आफ्ना छोराछोरीको बलिदान नभएकाले क्रान्तिकारी भूमिसुधार, शिक्षा स्वास्थ्यलगायतमा आमूल परिवर्तन गर्न सुझाव दिनुभयो ।

पूर्वएमालेका वडा अध्यक्ष रहेका नेकपाका स्थानीय नेता थुरेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन पूर्वमाओवादी केन्द्रका वडा अध्यक्ष रहेका अर्का स्थानीय नेता खिमबहादुर चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अनेमसंघका पूर्व केन्द्रीय सदस्य आशमानी चौधरीले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा सहिद कृष्णी चौधरी र अर्जुन चौधरीका बुवा जगबीर चौधरी, आमा बजारी चौधरी र दाजु खिमबहादुर चौधरी, सहिद निराजन चौधरीका आमा सुन्दरी चौधरी र दाजु बसन्त चौधरी, सहिद बसन्त सुवेदीका आमा खिमा सुवदी र भाइ सुरेश सुवेदीलाई अभिनन्दन गरिएको थियो । साविक सौडियार गाविसबाट जनयुद्धका क्रममा कृष्णी चौधरी, अर्जुन चौधरी, निराजन चौधरी, बसन्त सुवेदी, शालिकराम चौधरी, हिमली चौधरी, गोबर्धन पुरी, लक्ष्मण उपाध्याय र शीतल चौधरी गरी नौ जनाको सहादत भएको थियो ।

२०५२ फागुन १४ गते जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल मारिएको दिनदेखि २०२९ फागुन २१ गते इलामको सुखानीमा झापा बिद्रोहका यौद्धाहरु मारिएको दिन पारेर साताब्यापी सहिद सप्ताह मनाउने गरिएको छ ।

Facebook Comments