• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट १० मा पहिलोपटक ल्यावसहित स्वास्थ्य शिविर (फोटो फिचर)




रुकुमपश्चिमको मुसीकोट नगरपालिका १० ले वडा कार्यालय चुनमा पहिलोपटक ल्याव परीक्षणसहितको स्वास्थ्य शिविर गरेको छ ।

केही समयअघि मात्रै स्वास्थ्य चौकी स्थापना गरेको यो वडाले वडावासीको स्वास्थ्य जाँच र गाउँमै उपचार दिन शिविर गरिएको वडा अध्यक्ष गोप्यश्वर केसीले जानकारी दिनुभयो ।

शिविरका क्रममा पहिलोपटक गाउँमै विभिन्न रोगको जाँच गरिएको थियो । जसमा २ सय ९२ जनाको उपचार गरिएको वडा सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो ।

जसमा ८७ जनाको सुगर जाँच, ७६ जनाको रक्त समूह परीक्षण र चार जनाको टाइफाइड परीक्षण गरिएको थियो ।

डा. यज्ञप्रसाद बिसीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीमा स्वास्थ्य चौकी इञ्चार्ज डिल्लीराज बोहरा, अनमी मुना पुन, अहेब हस्तराम ओली, हरि बिष्ट, ध्रुबतारा रोकाय, ल्याब टेक्निसियन देवराज महरा, सहयोगी सामना ओलीसहितले सेवा दिनुभएको थियो ।

शिविरमा साना बच्चादेखि ८३ बर्षीया पबित्रा खड्कासमेतको स्वास्थ्य जाँच गरिएको थियो ।

औषधि पनि निशुल्क वितरण गरिएको थियो ।

७० बर्ष नाघेका मात्रै २१ जना ज्येष्ठ नागरिक र २० जना बालबालिकाको पनि स्वास्थ्य जाँच गरिएको थियो ।

१७ जना अहिलेसम्म अस्पताल नै नगएका भेटिएका छन् ।

Facebook Comments