• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गलत सूचना प्रवाह गर्ने पत्रकार होइनन्: आचार्य




नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले जुनसुकै माध्यमबाट गलत सूचना प्रसारण गर्ने पत्रकार नहुने बताउनु भयो ।

आजभोली पत्रकार आचारसंहिता विपरित थुप्रै गलत समाचार सम्प्रेसन गरेर भ्रामक प्रचार गर्ने प्रवृत्ती बढेकाले त्यसको निरुत्साहित गर्नसपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा मुसिकोटमा भएको मिडिया प्रतिको जनगुनासो सुनुवाघ तथा आचार संहिता विषयक छलफल कार्यक्रममा अध्यक्ष आचार्यले यस्तो बताउनु भएको हो ।

त्यस्तै प्रेस काउन्सीलका सदस्य इश्वरी ओझाले पत्रकारहरुका लागि प्रेश काउन्सील पहिलो र अन्तिम न्यायलय भएको बताउनु भयो ।

उहाँले राजनैतिक पूर्वाग्रह राखेर पत्रकारहरुले कसैलाई महान र कसैलाई कमजोर नबनाउन समेत आग्रह गर्नुभयो ।

पत्रकारिता कुनै भूगोल विशेष हुदैन । पत्रकारहरुले मेरो क्षेत्र होइन भनेर पन्छिन नहुने पनि बताउनु भयो ।

उहाँका अनुसार युद्धमा लागेका हजारौ सैनिक भन्दा एक वटा कलम शक्तिशाली हने बताउनु भयो। आँफुहरुले पत्रकार आचार संहिता तथा कानुनहरु निर्माण गर्ने र लागु गर्ने चरणमा रहेको समेत बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख राजकुमार शर्माले पत्रकारहरुलाई देशको चौथो अंग मानियतापनि आफ्नो क्षेत्रमा पत्रकारीता पेश पहिलो नै रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष गणेश विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै प्रेस काउन्सील नेपालका सदस्य इश्वरी, जिल् समन्वय प्रमुख राजकुमार शर्मा,नेपाल कम्युनिष्ट पार्टीका नेता महेन्द्र के.सी, मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतम, उपप्रमुख प्रेमुकमारी सुनार, लगाएतका उपस्थिति रहेको थियो भने सहभागी सबैले पत्रकारिता क्षेत्रमा रहेका जनगुनासो, समस्या तथा चुनौतिको विषयमा छलफल गरिएको थियो ।

Facebook Comments