• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीलाई ‘नमस्कार’ सिकाउँदै निजी विद्यालय




दाङको घोराही स्थित विद्यानिलकण्ठ माध्यामिक विद्यालयले विद्यार्थीलाई ‘नमस्कार’ सिकाउने अभियान शुरु गरेको छ ।

निजी विद्यालयहरुबाट सिको गर्दै पछिल्लो समय सामुदायिक विद्यालयहरुमा समेत ‘नमस्कार’ विस्थापित भएर गुड मर्निङ, अप्टर्नुन्, इभिनिङ, नाइट शब्द प्रयोग बढीरहेको छ । तर, विद्यानिकलण्ठले भने आजभोली विद्यार्थीलाई नमस्कार गर्न सिकाएको छ ।

नमस्कार हाम्रो सस्कार भएको विद्यालयका प्राचार्य शरदकुमार शर्मा बताउँछन् । ‘हामी विद्यार्थीलाई अङ्ग्रेजी शिक्षाको साथसाथै नेपाली संस्कार र भाषा पनि सिकाईरहेका छौं ।’

संस्कार सहितको शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ विद्यालयले अहिले नयाँ अभियान शुरु गरेको छ । विद्यालयले घुम्ती मोवाइल कार्यक्रममार्फत अभिभावकहरुलाई समेत सचेत पार्दै आएको छ । विद्यालयका प्रचार्य सहितका शिक्षक शिक्षिकाहरु अहिले प्रत्यक शनिवार विभिन्न गाउँमा गएर अभिभावकहरुसँग अन्र्तक्रिया गरिरहेका छन् । यसै क्रममा आजबाट यसको प्रारम्भ गरिएको छ । पहिलो दिन घोराहीको वडा नं १८ मा सचेतना मुलुक कार्यक्रम गरियो ।

कार्यक्रममा वडा अध्यक्ष भरत अर्याल सहित सो क्षेत्रका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रचार्य शर्माले आँफूहरुले विद्यार्थीलाई शिक्षा मात्र नभएर सस्कार दिने अभियान शुरु गरेको बताए । ‘हामीले विद्यार्थीलाई राष्ट्र र राष्ट्रियताको वारेमा सिकाउँछौं,’ उनले भने, ‘हामीले पढिसकेपछि विद्यार्थीलाई विदेश जानुपर्छ भनेर सिकाउदैनौं, नेपालमै केही गर्नुपर्छ भनेर सिकाउँछौं ।’

विद्यार्थीलाई आफ्नो काम आँफै गर्न प्रेरित गरिने शर्माले बताए । विद्यार्थीलाई कोरा घोकन्ते शिक्षा सिकाएर राष्ट्रलाई कुनै फाइदा नगर्ने उनको तर्क छ । ‘पढेर विद्वान भएको छोराले आफ्नो माता पितालाई वृद्धाश्रममा लैजान्छ भने त्यसलाई हामीले राम्रो शिक्षा मान्न सक्दैनौं,’ उनले भने, ‘हामीले समाज चिन्न सक्ने शिक्षा दिन्छौं ।’
सो अवसरमा त्यहाँ उपस्थित अभिभावकहरुले विद्यालयले थालनि गरेको यस प्रकारको सकारात्मक आँफूहरु निकै खुशी भएको बताएका थिए ।

Facebook Comments