• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा दुर्घटनाः १ को मृत्यु, १३ घाइते (घाइतेको वितरणसहित)




सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ नम्बरको फोर्स गाडी सल्यानको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै टोट्केसल्लामा दुर्घटना हुँदा १ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा घाईते रुकुम चौरहजारी नगरपालिका ६ का झुते वलीले मृत्यू भएको हो । थारमारेमा सामान्य उपचारपछि थप उपचारका लागी जिल्ला अस्पताल सल्यानमा ल्याउदैँ गर्दा बिचबाटोमा नै मृत्यू भएको प्रहरीको भनाई छ ।

शनिवार दिउँसो १२ बजे तीर भएको भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ ।

घाइतेहरू मध्ये सल्यान दार्मा गाउपालिका २ का २४ बर्षिय दिपेन्द्र शर्मा, कुमाख गाउपालिका ६ का २८ बर्षिय लक्ष्मण रावत, बागचौर नगरपालिका १ का २६ बर्षिय दिपक केसी, निजकी श्रीमती २५ बर्षिय साबित्रा वली, छोरी १ बर्षिया जीया केसी, रुकुम त्रिबेणी गाउपालिका १ का ३७ बर्षिय महेश खड्का र पाल्पा तिनहुँ ६ बस्ने ३५ बर्षिय लाल बहादुर राणालाई थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको छ ।

यस्तै कुमाख गाउपालिका ६ बस्ने २० बर्षिय चन्द्रप्रकाश शर्मा, बागचौर नगरपालिका १ की ४४ बर्षिय अमृता बस्नेत, रुकुम त्रिबेणी गाउपालिका ४ बस्ने २६ बर्षिय सेतुराम परियार, रुकुम बाफिकोट गाउपालिका ७ बस्ने ३५ बर्षिय अमर परियार, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी हवल्दार आसिष थापाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

यस्तै रुकुम त्रिबेणी गाउपालिका ३ बस्ने ४१ बर्षिय धन बहादुर केसी को कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । गाडी दुर्घटनाको कारण भने खुल्न नसेको प्रहरीको भनाई छ ।
तस्विर स्रोतः बुद्धिमान पुन

Facebook Comments