• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हो चि मिन्हप्रति कोरियाली नेता किमले यसरी दिए सम्मान




भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हाप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गर्नुभएको छ ।

हाल भियतनाममा रहेका उहाँले भियतनामका स्वतन्त्रतावादी तथा क्रान्तिकारी नेता मिन्हाप्रति शनिबार श्रद्धाञ्जलि व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

भियतनामको दोङदाङ सीमा क्षेत्रमा रहेको मिन्हाको समाधिस्थलमा पुगी उहाँले शनिबार हार्दिक श्रद्धा व्यक्त गर्नुभएको जनाइएको छ ।

नेता किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो चरणको वार्ताका लागि भियतनाम पुग्नुभएको थियो । उहाँहरुबीच यसै हप्ता द्धिपक्षीय वार्ता भएको थियो ।

वार्ता सकिएर शनिबार स्वदेश फर्किन लागेका नेता किमले शनिबार बिहान उक्त सीमा क्षेत्रीय गाउँमा पुगी मिन्हाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

मिन्हालाई भियतनाममा स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिन्छ । उहाँको सालिका राखिएको स्थानमा सम्मान व्यक्त गर्न उत्तर कोरियाली नेता किम पुग्दा विशेष सुरक्षा व्यवस्था अपनाइएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम आज शनिबारै उत्तर कोरिया प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ रेल चढेरै स्वदेश फर्किने तयारीमा रहनुभएको बताइएको छ ।

भियतनामबाटै चीनको राजधानी बेइजिङ हुँदै स्वदेश फर्किन लाग्नुभएका नेता किमले रेलमार्गबाटै करिब चार हजार किलोमीटर वार्ता गर्दै हुनुहुन्छ । उहाँलाई उत्तर कोरिया पुग्न साढे दुई दिन लाग्ने अनुमान गरिएको छ ।

सम्मानस्वरुप रातो रिबनबाट बनाइएको विशेष प्रकारको बुट्टा भरिएको वस्तु र विभिन्न रंगका फूलहरु चढाएर उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

उहाँले करिब ४८ मिनेटजति शिर निहुराएर मिन्हाप्रति सम्मान प्रकट गर्नुभएको थियो । त्यस अवसरमा भियतनामको सेनाले विशेष सम्मान पनि अर्पण गरेको थियो ।

मिन्हा उत्तर कोरियाली नेता किमका हजुर बुबा किम इल सुङका नजिकको साथी मानिनुहुन्छ । युद्धको समयमा उत्तर कोरियाली नेता किम इल सुङले भियतनामलाई हतियार लगायतको सहयोग गरेको पनि इतिहास छ ।

उहाँका बुबा किम जोङ इलले पनि भियतनामका नेता मिन्हालाई सम्मान गर्ने गर्नुहुन्थ्यो । सोही कारण पनि नेता किमले आज उहाँप्रति विशेष सम्मान अर्पण गर्नुभएको उत्तर कोरियाली समाचार समिति के सि एन एले जानकारी दिएको छ ।

उत्तर कोरियाली नेताका रुपमा किमको भियतनाम भ्रमण सन् १९६४ पछि यो पहिलो हो । सन् १९६४ मा नेता किमका हजुरबुबा किम इल सुङले भियतनामको भ्रमण गर्नुभएको थियो ।

त्यस समयमा उत्तर कोरियाका नेताका रुपमा रहेका किम इल सुङले भियतनामको भ्रमण गर्दा उहाँ पनि रेलबाट नै यात्रा गर्नुभएको थियो । उहाँ पनि त्यतिबेला उत्तर कोरियाबाट नै रेलमा जानुभएको थियो ।

Facebook Comments