• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिले मदिरामुक्त घाेषणा गर्ने वडालाई पुरस्कार




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाले सबभन्दा पहिले मदिरा मुक्त घाेषणा गर्ने वडालाई ५० हजार पुरस्कार स्वरुप दिने भएको छ ।

फागुन १७ नगरपालिकाकाे सभा हलमा सम्पन्न कार्यपालिकाकाे बैठकले यस्ताे निर्णय गरेको हाे । जिल्लालाई मदिरा मुक्त घाेषणा गर्ने अभियान अन्तरगत चाैरजहारी नगरपालिकाले पनि अाफ्ना क्रियाकलाप अगाडि बढाएको छ । चैत पहिलो साताभित्र मदिरा मुक्त घाेषणा गर्ने वडालाई ५० हजार पुरस्कार दिने नगर प्रमुख बिशाल शर्माले बताए ।

उनका अनुसार नगरपालिकामा गठित अनुगमन समितिले अनुगमन गरेर वडा मदिरा निषेध छ भनेर प्रमाणित गर्‍यो भने उक्त वडालाई मदिरा मुक्त घाेषणा गरिनेछ । वडालाई मदिरा मुक्त घाेषणा गर्ने नगरपालिकाकाे अभियान अन्तरगत जुन वडाले पहिले मदिरा मुक्त घाेषणा गर्छ साेही वडालाई पुरस्कार दिन्छौं नगर प्रमुख शर्माले भने सबभन्दा ढिलाे मदिरा मुक्त घाेषणा गर्ने वडालाई कारबाही पनि गर्छौं ।

Facebook Comments