• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँपालिकाद्वारा साढे ४ लाख आर्थिक सहायता वितरण




रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्रका ठुला विरामी, अस्कत, पूर्ण अपांग, विपन्न गरिब तथा जोखिममा परेकाहरुलाई आर्थिक सहायता रकम हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६को स्रावण देखि हालसम्म परेका निवेदन हरुमा आर्थिक सहायता कार्यविधि २०७५ का आधारमा विपद् व्यवस्थापन तथा आर्थिक सहायता समितिले छलफल गरी करिब ४ लाख ५० हजार रकम वितरण गरेको हो ।

हात खुट्टा गुमाएका, मृगौलाका विरामी, क्यान्सर भएका, पूर्ण अपांग, मानसिक रोगी, मुटु तथा फोक्सोको विरामी, अति गरिब तथा विपन्न गरी जम्मा ३० जनालाई गाउँपालिका उपाध्यक्ष इन्दिरा ओलीले रकम हस्तान्तरण गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष इन्दिरा ओलीका अनुसार गाउँपालिका भित्र यस्ता थुप्रै विरामी रहेको र विस्तारै समस्याको प्रकृति हेरी सहयोग गर्ने बताउनुभयो ।

सबैले ठुलो सहयोगको अपेक्षा गरेको भएपनी गाउँपालिकाले विनियोजन गरेको बजेट, संख्या र आवश्यकताको आधारमा बाँडफाड गरेको बताउनुभयो ।त्यस्तै गाउँपालिकाले विपद व्यवस्थापन कोषको रकम पनि लगतै वितरण गर्ने बताउनु भयो ।

Facebook Comments