• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाल जनता मावि बनगाँउमा विद्यार्थीलाई विदाई




देउखुरीको पुरानो विधालय बाल जनता माध्यमिक विद्यालय बनगाँउ कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरिएको छ ।

कक्षा ११ ले आयोजना गरेको कार्यक्रममा , शिक्षा संकाय र व्यवस्थापन संकाय र मानबिकी गरि विभिन्न विद्यार्थी हरूको सहभागीता रहेको उक्त कार्यक्रममा, विद्यालयका सहायक प्रअ तथा विव्यसका सदस्य, सम्पुर्ण शिक्षक र शिक्षिका सबै मिलेर संयुक्त टिका लगाइदिएर शुक्रबार कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विधाई गरेका हुन ।

शुक्रबार विधालयकै हाताभित्र भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष मिश्रुलाल चौधरी, विव्यसका सदस्य राजेन्द्र खड्का बिशिस्ट अतिथि रहनुभएको थियो भने विधालयकै कक्षा ११मा अध्यनरत छात्र रचमान चौधरीले कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विधालयका सहायक प्रअ विपिन घिमिरे, रेडियो नयाँयुगका पत्रकार पवन पोख्रेल लगायत विधालयका सम्पुर्ण शिक्षक शिक्षिका, स्थानीय अभिभावक, बुद्धिजीवी, समाजसेवी साथै १देखि १२ सम्मका विधार्थिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कक्षा ११ का छात्र शेर बहादुर कुमाल ले स्वागत मन्तव्य राखि सुरूभएको कार्यक्रममा , उद्घाटन प्रमुख अतिथि मिश्रुलाल ले गर्नुभएको थियो भने बिदाई गित कक्षा ११ कि बसन्ता आचार्य ले गाउनुभएको थियो ।

कार्यक्रममा डम्बर जिसि,राजेन्द्र खड्का, बिपिन घिमिरे लगाएत का बिभिन्न शिक्षक शिक्षिका हरूले आफ्नो मन्तव्य राख्दै विद्यालय भनेको मन्दिर हो, जुन मन्दिरमा भगवान भनेको विद्यार्थी हुन भने शिक्षक पुजारी मात्र भएको बताएका थिए ।

राष्ट्रको जीम्मेवार नै विद्यार्थी भएको प्रष्ट पारेका हुन ।थप सफलताको लागि विधार्थिहरूलाई अनुशासित र लगनशिल भएर लाग्न सुझाव दिनुभएको छ ।विदाई भएर जाने शिक्षा संकाय र व्यवस्थापन संकाय र मानबिकी संकाय का सम्पुर्ण विधार्थिहरूलाई बिदाईको चिनोको सम्झनामा कलम र डायरी प्रदान गरिएको थियो ।

विद्यार्थीले विदाई कार्यक्रमलाई थपस्तरिय तथा मनोरञ्जनात्मक बनाउनको लागि , जलपान कार्यक्रम र विभिन्न स्थानीय थारू भाषामा गीत चेतनामुलक नाटक र स्थानिय संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विधालयको शिक्षक रूमाल प्रसाद बसेल र कक्षा ११ कि छात्रा रक्षा भुसाल ले गर्नुभएको थियो ।

Facebook Comments