• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमको लुकुममा स्मार्ट भेडा पालन




रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर १ लुकुममा स्मार्ट भेडापालनको सम्भाव्य अध्यन गरिएको छ ।

भेडापालनको अवस्था, अहिले उत्पादन भइराखेको खेती, लुकुमको भूमिमा कस्तो बाली तथा अन्न उब्जन हुन्छ विषयमा स्थानीयसंग छलफल गरिएको छ । भूमेमै धेरै भेडा पालन गर्ने वडा नम्बर १ लुकुम रहेको छ ।

प्रदेश सरकारले शुरु गरेको कृषि स्मार्ट गाउँअन्तर्गत प्रदेशसभा सदस्य तेजबहादुर ओलीको सिफारिसमा स्मार्ट भेडापालन शुरु गर्न थालिएको हो ।

यसैबीच कृषि स्मार्ट गाउँको संभाव्यता अध्ययन गरिएको छ । कृषि विज्ञ चुमानसिंह गिरी, भूमे गाउँपालिका कृषि शाखाका सहायक प्राविधिक खिमबहादुर रोकायलगायत पशु डाक्टर, कृषि प्राविधिक टोलिले कृषकका समस्या, समाधान, प्रशोधन तथा उत्पादनको सम्भाव्य छलफल गरेका थिए ।

छलफलमा कृषकले कृषि उत्पादन पहिलेको भन्दा कम हुँदैगैराखेको, कुन ठाउँमा कस्तो खालको कृषि गर्ने, पशु पालनमा रोग लाग्यो भन्ने औषधि गर्नु पर्ने थाहा नभएको र भेडाको ऊन प्रशोधन गर्ने सामाग्री नभएको जस्ता समस्या देखाएका छन् । स्थानीय कृषकलाई उदृत गर्दै १ का वडा सदस्य नविन्द्र पुनले जानकारी दिनुभयो ।

कृषि उत्पादन तथा भेडा पालनको राम्रो हुने ठाउँ रहेको कृषि विज्ञ चुमानसिंह गिरीको भनाई रहेको छ । हाम्रो उद्देश्य नै उत्पादनको अध्यन तथा कृषकले देखाएको समस्यालाई पहिचान गरेर समाधान गर्ने हो, अबको संचालित कार्यक्रमले बृद्दि विकास हुने विश्वास व्यक्त गिरीले गर्नुभयो ।

यसै महिना भित्र पशु पालन समूह, कृषि व्यवसायिक खेती समूह बनाएर पालिकामा दर्ता गरे अनुसार उक्त समूहलाई विधान दिएर काम सुरु गर्ने पालिकाका कृषि सहायक प्राविधिक खिम बहादुर रोकायले जानकारी दिनुभयो । गठित समूहको आधारबाट के कस्तो कृषि खेती गर्ने, कस्तो खालको पशु पालन गर्ने तथा समस्यालाई हल गर्ने आदि विषयबाट समूहले तयार पारेर डिपिआर अर्थात टोतल लागत अनुसार प्राप्त अनुधान मार्फत काम संचालन हुने भूमे गाउँपालिका कृषि शाखाले जनाएको छ ।

स्मार्ट कृषि उत्पादन आव २०७५/०७६ को प्रदेश सरकारको कार्यक्रम अन्तर्गतको वडा नम्बर १ लुकुममा खासगरी भेडापालन, आलु उत्पादन तथा बिउ, स्याउ, नस्पती जस्ता फलफूल हुने क्षेत्र अध्यनले देखाएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । स्मार्ट कृषि उत्पादन तथा पशु पालन गाउँ निर्माणको रुपमा पर्यटनमा समेत विकास हुन्छ ।

अरु वडामा पनि पालिका स्तरबाटै कृषि समूह बनाएर कृषि उत्पादन कार्यक्रम गरिराखेका छौँ, उत्पादन बिक्री नभएमा कृषकको परिश्रम खेर जान नदिन पालिकाले खरिद गरिदिने व्यवस्था रहेको खरिद पनि गरिराखेकोले कृषकलाई चिन्ता नगर्न अध्यक्ष बुढाले भन्नुभयो ।

Facebook Comments