• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जब उपमेयर, वडा अध्यक्षसहित सयौं नागरिक सडकमा ओर्लिए (फोटो फिचर)




फागुन १५ को विहानैदेखि झ्याम्मझ्याम्म पानी परिरहेको थियो तर घोराही उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा सरसफाइका औजार लिएर सडकमा निस्केका थिए ।

उपमहानगरपालिकाको वातावरण तथा विपत् ब्यवस्थापन समिति र वडा कार्यालयको आयोजनामा मुसोट र चौपट्टाबाट शुरु गरिएको छुट्टाछुट्टै सरसफाइमा सयौंको सहभागिता रहेको थियो । पानीको झरीको पर्वाह नगरी उनीहरुले उत्साहपूर्णरुपमा सरसफाइ गरेका थिए ।

कार्यक्रम उद्घाटन उपमहानगरपाकिलाका उप्रमुख सिता सिग्देल न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रममा वातावरण तथा विपत् ब्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर ३ का अध्यक्ष माधवकुमार चौधरी, स्थानीय सुनछहरा युवा क्लबका पदाधिकारी, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतले अभियानको अगुवाइ गर्नुभएको थियो ।

Facebook Comments