• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अधिकारीको निधन कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षतिः नेकपा




नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ ।

दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाएको भन्दै यसले मुलुकलाई अपूरणीय क्षति भएको बताएको हो ।

‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ’ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपाले अधिकारीलाई होनहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ । अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने उल्लेख गरिएको छ ।

२०६४, २०७० र २०७४ सालको संविधानसभा र संसद निर्वाचनमा कास्कीबाट निर्वाचित अधिकारी अब्बल राजनीतिकर्मीका रुपमा स्थापित भएका नेकपाले उल्लेख गरेको छ ।

नेकपाले दुर्घटनामा परी ज्यान गुमाउने पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालकप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेको छ ।

[insert page=’%e0%a4%85%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a5%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a4%be-%e0%a4%86%e0%a4%b6%e0%a4%be%e0%a4%95′ display=’title’][insert page=’your-page-slug’ display=’title|link|excerpt|excerpt-only|content|post-thumbnail|all’]

Facebook Comments