• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हेलिकोप्टर दुर्घटनाकै दिन दाङमा जीप दुर्घटनाः दुइको मृत्यु, पाँच घाइते




दाङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

दाङको दुधरासबाट छिल्लिकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बुधबार तुलसीपुर १९ बाहिरी संक्राममा दुर्घटना हुँदा सवारी चालक दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाँसगडीका ३५ बर्षीय लालबहादुर रावत र तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लिकोटका ५५ बर्षीय अमरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार साझ भएको दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लिकोटका १६ बर्षीय लिलाबहादुर खड्का, तुलसीपुर १९ का छिल्लीकोटका ४४ बर्षीया कर्णबहादुर खड्का, घोराही उपमहनरपालिका १५ रतनपुरका २२ बर्षीया सपना वली सेन ठकुरी र उनका दुईवटा १ र ४ बर्षीय छोराहरु घाईते भएका हुन् ।
घाईतेमध्ये लिलाबहादुर खड्काको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष रामप्रसाद घर्तीले जानकारी दिए । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भईरहेको छ । गाडिमा दशजना सवार रहेपनि अन्य तीनजनाको अबस्था भने सामान्य रहेको छ ।

प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार गाडि सडकबाट एकसय मिटर तल खसेको छ । बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने उनले बताए ।

Facebook Comments