• ६ आश्विन २०८०, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तीन दिनको मौसम तालिका सार्वजनिकः भोलि पनि हिमपात र वर्षाको सम्भावना




मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधवार बुलेटिन जारी गरी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

बुधवार
दिउँसो :देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको छ। देशको पश्चिमी, मध्य र पूर्वका भूभागका अधिकांश स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै उच्च हिमाली भु–भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति :देशको अधिकांश स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भेगमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ।

बिहीबार
दिउँसो :देशको पूर्वी, मध्य र पश्चिमी पहाडी स्थानका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति :देशको पहाडी भेगमा आंसिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रवार
दिउँसो :देशको पहाडी भेगमा आंसिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति :देशको पश्चिमी भेगमा आंसिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

Facebook Comments