• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फागुन १६ गते राष्ट्रिय शोक मनाइने, सार्वजनिक विदाको घोषणा




सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।

भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ ।

पर्यटन, संस्कृती तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटना भइ ताप्लेजुङमा निधन भएपछि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी दिए ।

मृतकको सम्झनामा बिहीबार सरकारी निकाय, कुटनीतिक नियोग तथा शैक्षिक संस्थाहरुमा आधा झण्डा झुकाउने निर्णय समेत गरेको छ ।

अधिकारीसहित मृतक सबैको राष्ट्रिय सम्मानका साथ बिहीबार अन्तेष्टि गरिने भएको छ । मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो ।

Facebook Comments