• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पावासीको एकै मत– प्रदेश राजधानी भालुवाङ




रोल्पाका सरोकारवालाहरु अधिकाँशले ५ नम्बर प्रदेशको राजधानी भालुबाङ दाङमा हुनुपर्ने माग गरेका छन् ।

१२ वटै जिल्लाको पायक पर्ने स्थानका रुपमा र अन्य जिल्लाको समस्यालाई समाधान गर्दै दाङको भालुबाङलाई चयन गर्न माग गरेका हुन् । यसैगरी प्रदेशको नामको बिषयमा भने सबैको चित्त बुझदोखाले अर्थात पहिचान सहितको हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार लिबाङमा प्रदेशसभा विशेष समितिद्वारा आयोजित सुझाव संकलनमा सहभागी अधिकांसले भौगोलिक सुगमता, कार्यालय स्थापनाका लागि पर्याप्त भूमि तथा सबैको पायक पर्ने भएकाले भालुबाङ क्षेत्रमा राख्नुपर्ने सुझाव दिएका हुन् । कार्यक्रमका सहभागिहरुले सुझाव संकलन समितिले प्रश्न निकै घुमाउरो र पेचिलो राखेको भन्दै आलोचना समेत गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले कार्यक्रममा बोल्दै प्रदेशको राजधानी १२ वटै जिल्लाको पायक पर्ने स्थानमा हुनुपर्नेमा जोड दिनुभयो । जनताले जिताएर गएका सांसदहरुले बहुमतको आधारमा नामाकन तथा सिमांकन गर्नु भन्दा पनि १२ वटै जिल्लाका जनताको गुनासो सुनेर उपयुक्त स्थानमा राख्न माग गर्नुभयो । उहाँले शहरीक्षेत्र आफैं पनि शहरीकरण तथा औद्योगिकरणको क्षेत्र भएकाले त्यसतर्फ चासो दिनु भन्दा पनि जुन स्थानमा मानव बस्ती राख्न सकिन्छ जुन स्थानमा सबैको चित्त बुझदो हुन्छ सोही स्थानलाई चयन गर्न सुझाव संकलन समितिलाई आग्रह गर्नुभयो ।

Facebook Comments