• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मदिरामुक्त बन्दै रुकुम, अगुवाइ गर्दै महिला




रुकुम पश्चिमको आठविसकोट नगरपालिका –३ लाई जिल्लाकै पहिलो मदिरामुक्त वडा घोषणा गरिएको छ । जिल्लालाई मदिरा निषेधित बनाउने अभियान अन्तर्गत आज एक कार्यक्रमका बीच उक्त वडालाई मदिरा मुक्त घोषणा गरिएको हो ।

यस अघि आफू निर्वा्चित भएदेखि नै स्थानीय स्तरमा मदिरा न्यूनिकरणको अभियान थालेकोमा पछिल्लो पटक जिल्ला स्तरमै निर्णय भएपछि कार्यान्वयनलाई तिब्रता दिइएको वडाध्यक्ष केशरमान विकले बताउनुभयो । मदिरा निषेधित वडा बनाउने कार्यमा स्थानीय महिला समूह, आमा समूह, सहकारी, विद्यार्थी, शिक्षक बुद्धिजीविहरुको सक्रियतापूर्वक सहयोग रहेको उहाँले बताउनुभयो ।

मदिरामुक्त वडा घोषणा कार्यक्रममा स्थानीय विद्यार्थीहरुले मदिराको असरबारे स्पष्ट पार्दै सडक नाटक समेत प्रस्तुत गरेका थिए । स्थानीय जनप्रतिनिधि र प्रहरीको अगुवाईलाई स्थानीय राजनीतिक दल र आम सर्वसाधारणले सहयोग गरेकै कारण अभियान सफल भएको अस्थायी प्रहरी चौकी खदीका इन्चार्ज वीरबहादुर भण्डारीले बताउनुभयो ।

सबै वडाहरुले यसरी नै अग्रसर भएर काम गर्दा जिल्लाव्यापी अभियान सफल पार्न समस्या नहुने सरोकारवालाहरुको भनाई छ । मदिरा नियन्त्रणका लागि गत माघ ५ गते जिल्ला स्तरमा भएको सर्वपक्षीय निर्णय अनुसार सबै स्थानीय तहहरुले अभियान चलाइरहेका छन् ।

फागुन १६ गतेदेखि मदिरा बिक्रि वितरण तथा आयातमा पूर्ण रुपमा रोक लगाउने निर्णय निर्धा्रित समय अघि नै कार्यान्वयन गर्न सफल भएकोमा आठविसकोट नगरपालिका वडा नम्बर ३ लाई सबैले धन्यवाद समेत दिएका छन् । आगामी १६ गते वडा नम्बर १ र १८ गते वडा नम्बर २ मा मदिरा मुक्त घोषणा गर्ने कार्यक्रम रहेको आठविसकोट नगरपालिकाले जनाएको छ ।

सबैको सामुहिक प्रयासमा यसअघि नै घरेलु मदिरा नष्ट गरिसकेको र नयाँ उत्पादन रोकिएकोले मदिरा मुक्त वडा घोषणा गर्न सहज भएको बताइएको छ

Facebook Comments