• २५ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपानिकट पत्रकार संगठनको नाम– जनपत्रकार संगठन




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठनको नाम फेरिएको छ ।

यसअघि रहेको क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल बनाईएको हो । संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तनको जानकारी दिएको छ ।

गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए । कानुनी र प्राविधिक कारणले नाम फेर्नुपरेको अध्यक्ष डुम्रेको भनाई छ ।

संगठनले यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिए । सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार संगठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको महासचिव विष्टले जानकारी दिनुभयो ।

पछिल्लो समय सरकारपक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका श्रृङखला बढ्दै गएका बेला संगठनले देशका ४० जिल्लामा मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वहस चलाएको थियो । संगठनका अध्यक्ष डुम्रेले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तिब्र पार्ने जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिन समेत आग्रह गर्नुभयो । उहाँले सरकारले प्रेस नियन्त्रित कानुनहरु तत्काल नसच्चाए आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

Facebook Comments