• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ देउखुरीको कुनै पनि स्थानमा प्रदेश राजधानी राख्न सकिने दाङवासीको सुझाव




दाङवासीले प्रदेश नम्बर ५ को स्थायी राजधानी प्रदेशको मध्य भागमा राक्न सुझाव दिने भएका छन् ।

सोमवार जिल्लास्थित राजनीतिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख/प्रतिनिधि, नागरिक समाज, जिल्लाका उद्योग वाणिज्य संघहरु, सामुदायिक वन उपभोक्ता महासंघ, पत्रकारसमेत जिल्लाका अगुवाहरुको सर्वक्षीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रदेश नम्बर ५ को स्थायी राजधानी पूर्व नवलपरासीदेखि पश्चिम बर्दिया, उत्तर रुकुमपूर्वदेखि दक्षिण कपिलवस्तुको मध्य भागमा पर्ने, सामरिक सुरक्षाका दृष्टिले सुरक्षित, वातावरणीय हिसाबले सन्तुलित र सार्वजनिक जग्गाको उपलब्धता आदिको आधारमा दाङ देउखुरीको कुनै पनि स्थानमा प्रदेश राजधानी तोक्न सुझाव दिने निर्णय गरेको छ ।

बैठकमा प्रदेशको नाम स्वर्गद्वारी, राप्ती, थारुवान–मगरातलगायतका सुझाव दिन सकिने छलफल भएको थियो । बैठकका सहभागीहरुले प्रदेश राजधानीका लागि दाङ सबै हिसाबले अनुकूल रहेको धारणा राखेका थिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं प्रदेशसभा सार्वजनिक लेखा समिति सभापति डिल्ली चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश मामिला तथा कानून समिति सभापति दामा शर्मा, प्रदेश सदस्यहरु इन्द्रजीत चौधरी, अमरबहादुर डाँगी, रेवतीरमण शर्मा, अर्जुनकुमार श्रेष्ठ, धमकली चौधरी र जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलले बोल्नुभएको थियो ।

त्यस्तै नेकपाका कार्यदल सदस्यद्वय टीकाराम खड्का र तुलसीराम पुन ‘सुवास’, नेकाका सचिव शंकरप्रसाद डाँगी र क्षेत्रीय सभापति भूपबहादुर डाँगी, राजमोका अध्यक्ष गणेश आचार्य, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, पूर्वअध्यक्षहरु माधवप्रसाद शर्मा, रामदयाल गुप्ता, मधुसूदन वैद्य, भरत बुढाथोकी, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष नरेन्द्र केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचि नरेश कार्कीले गर्नुभएको थियो ।

Facebook Comments