• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद छोराको नाममा छात्रवृत्ति अक्षयकोष




सहिद छोराको नाममा एक जनाले छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् ।

बाँफीकोट गाउँपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा सहिद भएका १५ बर्षीय छोरा खड्क केसीको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् ।

छोराले ५ कक्षा सम्म पढेको जनकल्याण माध्यामिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको सहिद खड्क स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन् ।

विद्यालयको ५५ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष खत्रीले अक्षय कोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् । उक्त रकमको व्याज वापत आउने रकमबाट हरेक बर्ष सोही विद्यालयका गरीब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।

विद्यालय पोशाक, कापिकलमको अभावमा विद्यार्थीहरुले पढ्नबाट बञ्चित नहोउन भनेर सहिद छोराको नाममा छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताए ।

उनका अनुसार छात्रवृत्ति अर्को बर्षदेखि प्रदान गरिने छ । अर्को बर्षदेखि हरेक फागुन १२ गते विद्यालयको बार्षिकोत्सवको अवसरमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिने छ भने फागुन १५ गते छात्रवृति प्रदान गरिने छ ।

खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते प्रहरीद्धारा मारिएका थिए ।

तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि साविक पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्रीबन्धुसँगै खड्क मारिएका थिए । सहिद हुँदा उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, स्थित जनता माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

Facebook Comments