• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका नेताले गरे विहेको अवसरमा पाँच लाख सहयोग




रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन रु पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।

यहाँका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च आज विद्यालयलाई प्रदान गर्नुभएको हो ।

विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त सहयोग गर्नुभएको हो ।

छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताउनुभयो ।

उहाँका अनुसार विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा केही भड्किलोपन बढेको उल्लेख गर्दै त्यसलाई निरुत्साहन गरी नयाँ संस्कारको थालनी गरिएको बताउनुभयो ।

वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई रु एक लाख ५१ हजार तथा रु ५० हजार बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ ।

त्यस्तै जलजला मावि थवाङ रोल्पालाई समेत रु एक लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

प्रगतिशील वैवाहिक कार्यक्रममा नरेन्द्रको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकलाई समेत सम्मान गरिएको थियो ।

Facebook Comments