• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विमानस्थल सुरु भएसँगै ‘हाई प्रोफाईल’ को चहलपहल




घोराहीमा रहेको शान्तीसुधा माविले रजत जयन्ती गर्न लागेको थियो । जसका लागि पुस २७ गते पूर्व राष्ट्रपति रामवरण यादवलाई प्रमुख अतिथि वनाइएको थियो । तुलसीपुरमा रहेको विमानस्थलको प्रयोग गरेर यादव घोराही पुगे । घोराहीको धारापानीमा शनिवारबाट धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको मुख्य वाचकमा वाचन शिरोमणी दिनवन्धु पोखे्रेल रहेका छन् ।

उनले पनि सोही विमानस्थल प्रयोग गरे । तुलसीपुरमा रहेको गोरखा माविले वार्षिकोत्सवमा त्रिभुवन विश्वविद्यालयको रेक्टर डा. सुधा त्रिपाठीलाई ल्याउँदै थियो । तुलसीपुर विमानस्थलबाट उनीहरुले सजिलै कार्यक्रममा सहभागी वनाए । ‘तुलसीपुरमै विमान सेवा सञ्चालन भएको छ भन्दा अतिथिहरु वोलाउन सजिलो भएको छ ’ गोरखा माविका प्राचार्य विजय जिएमले भने ।

तुलसीपुर विमानस्थल सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा ‘हाई प्रोफाइल’ हरुको चहलपहल वढि रहेको छ । ‘सुरक्षा व्यवस्थाका लागि हामी पहिले भन्दा अलि वढि खट्नुपर्ने भएको छ । ’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमवहादुर शाहीले भने । उनले विमानस्थल सञ्चालन हुँदा भिआइपीहरुको नियमित आगमन भइरहेको समेत वताए । ‘पहिले कुनै विशेष कार्यक्रम हुँदा मात्रै भिआइपीहरुको आगमन हुन्थ्यो अहिले नियमित जसो आगमन भइरहेको छ ’ शाहीले भने ।

विमानस्थल सुरु भएसँगै नेपालगञ्ज र भैरहवाको विमानस्थल प्रयोग गर्ने यस क्षेत्रका हाइप्रोफाइलहरुले तुलसीपुरकै एयरपोर्ट प्रयोग गर्न थालेका छन् । ‘विमानस्थलकै कारणले विभिन्न व्यक्तिहरुसँग यहाँको विकासका वारेमा छलफल गर्न सजिलो भएको छ ’ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले सरकारमा पहुँच हुने ठूला नेताहरुसँग विकासको प्रतिवद्धता गराउनका लागि विमानस्थल सञ्चालन गतिलो माध्यम भएको वताए । तुलसीपुरमा सुविधाजनक होटेलको सुविधा थप्न आवश्यक रहेको समेत उनले वताए । ‘सुविधाजनक होटेल पनि अहिलेको आवश्यकता भएको छ ’

राप्ती क्षेत्रका धेरैजसो हाइप्रोफाईलहरुले टरिगाउँ विमानस्थल प्रयोग गर्ने गरेका छन् । ‘मेला महोत्सवका लागि कलाकार वोलाउन विमानस्थल सञ्चालन भएका कारण सजिलो भएको छ ’ महोत्सव सञ्चालन गरिरहेका एक आयोजकले भने ।

सभामुख कृष्णवहादुर महरा महिनामा २ पटक दाङ्ग झर्छन् । उनको निर्वाचन क्षेत्र पनि २ हो तर उनी धेरै जसो क्षेत्र नम्वर ३ का कार्यक्रममा सरिक भएका हुन्छन् । ‘यहाँको विमानस्थलमा झर्नुपर्दछ यतैका कार्यक्रम गर्दै घोराही जाने हुन्छ ।’ उनका सहयोगीले भने । सभामुख महराले शनिवार मात्रै विमानस्थलमा ओर्लिएर तुलसीपुरमा ३ कार्यक्रम भ्याए अनि घोराहीको धारापानीमा महोत्सव उद्घाटन गर्न पुगे । टिकट अभाव वाहेक उनी हरेक पटक यही विमानस्थल प्रयोग गर्ने गर्दछन् ।

Facebook Comments