• १४ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा लामो समयपछि खुल्यो निगालो, धमाधम डोकाडाला बुनिदै




रुकुमपूर्वमा एक सामुदायिक वन उपभोक्ता समितिले निगालो वर्षको एक पटक फुकुवा गर्ने गरेको छ । भूमे गाउँपालिका वडा नम्बर २ रानीवन सामूदायिक समिति काँक्रीले उक्त काम गर्ने गरेको हो । यस वर्षमा शनिबार फुकुवा गरेको थियो । यो रुकुमपूर्वका धेरै ठाउँमा लागु हुने नियम हो ।

२०५२ साल देखि करिव ४ सय हेक्टर निगालो हुने क्षेत्रफल बन्द गरिएको समितिका उपाध्यक्ष श्रीमान बुढाले बताउभयो । उक्त ठाउँमा निगालो धेरै वर्ष पहिले थियो तर बिचमा पुरै बिनास भएको हो । डोका, मान्द्रोलगायतका विभन्नि वस्तु निर्माणका लागि निगालो अति उपयोगी वनस्पति मानिन्छ । लामो समयसम्म निगालो बन्द गरिएकाले अहिले ठूलो मात्रामा फैलिएको थियो ।

यो वर्ष निगालो लिनको लागि दुई भागमा शुल्क निर्धारण गरिएको समितिका सचिव चयन बुढाले बताउनुभयो । आफ्नो क्षेत्रका बासिन्दाका लागि प्रतिव्यक्ति एक सय र बाहिरका बासिन्दाका लागि प्रतिव्यक्ति एक सय पचास रकम शुल्क निर्धारण गरिएको बुढाले जानकारी दिनुभयो । जसमा बाहिरी बासिन्दा २० जना र आन्तरिक बासिन्दा ७० जनाले निगालो लगेका थिए ।

समितिले कोषमा रकम जम्मा गर्ने गरेको छ । विभिन्न स्रोतबाट अहिले समितिको कोषमा ५० हजार रकम लगानीमा रहेको बताइएको छ । बन्द गरिएको क्षेत्रमा पशु तथा मान्छेले काटेको भेटिएकोमा जरिमाना बमाजिटम रकम, फुकुवा गरिएको शुल्क, घर निर्माण गर्दा प्रयोग हुने काठको मूल्य निर्धारण गरिएको शुल्क यी स्रोतबाट रकम संङकलन भइरहेको समितिले जनाएको छ ।

यस क्षेत्रबा बासिन्दाको मुख्य पेशा पशुपालन भएकाले निकालोको निकै महत्व भएको ६० वर्षिय स्थानीय जोगबहादुर बुढाले बताउनुभयो । अन्यत्र गुन्द्री र बजारमा कार्पेटको ठाउँमा गाउँमा निगालेबाट बुनिएका मान्द्रो प्रयोग गरिन्छ । त्यस्तै यसबाटै घर छाउने, छतमा राखिएका अन्नका भकारी बेर्ने, बर्षातमा पानी छल्ने स्याँकु बनाउनेलगायतका काममा निकालोकै प्रयोग गरिन्छ ।

किसानको लागि दैनिक सोतर, घाँस, दाउरा बोक्ने काम निगालोबाट बनेका डोकोहरुको प्रयोग गरिन्छ । कृषकको साथी भएकाले यसको संरक्षण र प्रयोगमा बिशेष ध्यान दिने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाको भनाइ छ ।

Facebook Comments