• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सेतीगाडमा पुल निर्माण




रुकुम पश्चिम चाैरजहारी नगरपालिकामा पर्ने सेतीगाड खाेलामा पक्की पुल निर्माण गरिएको छ ।

वडा न.६ र वडा न. १२ जाेड्ने सेतीगाड खाेलामा मान्छे हिड्ने पक्की ( ढलान ) पुल निर्माण गरिएको हाे । नगरपालिकाकाे अार्थिक वर्ष २०७५/ ०७६ काे २ लाख बजेटबाट ६ मिटर लम्बाइ १ मिटर २० सेन्टिमिटर चाैडाई भएको पुल निर्माण गरिएको हाे ।

पुल निर्माण भएसँगै बर्षादकाे समयमा अावतजावत गर्न सजिलो हुने भएको छ । यश अघि हिमालय मावि खाेलागाउँ , ब्राइट फ्युचर बाेर्डिङ र रुकुमेली अास्था मिडियम बाेर्डिङमा पढ्न जाने बिद्यार्थीलाई सेतीगाड बढ्दा घण्टाै सम्म कुर्नुपर्ने र साना विद्यार्थीलाई खाेला पार गर्न उक्त खाेलासम्म अभिभावक पुग्नुपर्ने बाध्यता रहि अाएकाे थियाे ।

हिमालय माविमा पढ्ने दिपक बिकले भने बर्षाकाे समयमा सेतीगाड तर्न नसक्दा बिद्यालय छुट्ने तथा १/२ बिषय छुट्ने समस्या हुने गरेको थियाे अब त्याे समस्या फेरि दाेहाेरिने छैन् । उनले भने बर्षाै देखिकाे समस्या अन्त्य भएको छ , बिद्यालयमा पुग्न ढिला हुने छैन् हामी खुसी छाैँ । त्यस्तै रुकुमेली अास्था मिडियम बाेर्डिङमा पढने दिपा बाेहराले उस्तै बताउँछिन् ।

उनी भन्छिन् पुल बनेको छ यश अघिकाे जस्ताे गुणासाे फेरि गर्नुपर्ने छैन् । खाेला तर्दा चप्पल बग्थे बिना चप्पलै स्कुल जानुपर्‍थ्यो वा घर फर्किनुपर्नेे हुन्थ्यो जसले बिद्यालय नै छुट्थ्याे अब त्यस्तो हुने छैन् । उनी भन्छिन् खाेला बढदा त घटुन्जेल कुर्नुपर्ने हुन्थ्यो पुल बनेपछि ढुक्क छाैँ ।

विद्यार्थी मात्र नभएर चाैरजहारी बजार तथा नगरपालिकाकाे कार्यालयसम्म पुग्ने सर्वसाधारणलाई पनि पुल बनेपछि खाेला पार गर्न समस्या नहुने भएको छ ।

Facebook Comments