• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जीवन शर्माले नचाए ९० वर्षका बृद्धलाई




सानीभेरी कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सबमा महोत्सबको तेस्रो दिन जनबादी गाएक जीवन शर्माले आफ्नो प्रस्तुति राखे । आफ्ना झन्डै आधा दर्जन देश प्रेमी गितहरु गाएर कतिबेला बालकदेखी बुद्ध सम्म खुसी बनाउदै नचाए भने कतिवेला सबैलाई भावुक बनाए ।

आज सम्म धेरै मेला महझत्सब हेरियो, धेरै कलाकारहरुको प्रस्तुति देखियो तर जीवन शर्मा जस्तो साधारण जीवन शैली र देशभक्ती गीतहरु गाउँने कलाकार अहिले सम्म नदेखेको सानीभेरी ७ फुक्रुका कुबेर जंग भण्डारीले बताए ।

आफ्ना गीतहरुबाट देश र जनातालाई सेवा गर्ने बताउदै जनताका पीर वेदना र आँसुबाट आँफुलाई गीत फुर्ने बताए । सधै जनताको पक्षमा गितहरु गाएर आफ्नो जीवन समाहित गर्ने बताउदै गाएक शर्माले आफुले आफ्ना अधिकांस गीतहरु सत्यतामा आधारित रहेको बताए ।

साधारण तलमाथी ट्राउजर सेटको पहिरण लगाएका साधारण गाउँले जस्तै देखिने शर्माले देशका राजनितिज्ञले नेताहरुले गाडी चढेको विदेश गएकोमा विरोध नगर्न आग्रह समेत गरे देशको विकास गर्दा हिडेर गर्न सकिदै र आवश्यकता अनुसारको खर्च गर्दा अन्यथा नभएको बताए । आफ्ना गीतहरुबाट ३३ किलो सून काण्डको प्रशंग र घुस र कमिशनको गलत कार्यले देश विगारेको समेत चिन्ता व्यक्त गरे ।

सिमली छायामा बसी, चाहिदैन सिशाको घर, छेकेर छेकिन्न, बरु मरम भोकै जस्ता गीतहरु गाउँदा दर्शकहरुलाई अत्यन्तै भाबुक बनाए । गीत गाउदै दर्शक सामु गाउँदा दर्शक खुसिले गदगद भए । ९० वर्ष पुगेका १० वर्षे जनयुद्धमा आफ्नो छोरा गुमायका सानीभेरी ८ का देउभान ओलीलाई राष्ट्रका हिरो भन्दै नचाएपछी दर्शकको ताली, होहल्लाले सानीभेरीको सिम्ली बजारै थर्कियो ।

त्यस्तै गाउदै गर्दा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले १ हजार रुपैयाँ कानमा लगाइदिए पछी मञ्चमा बसेका सबैले कानमा पैसा लागाइदिदै गर्दा एक जनाले नेपाली टोपी लगाइदिए पछी दर्शकले झनै उत्साह हुदै गाएक शर्माको प्रशंसा गरे । गित गाएर सकाउदै गर्दा दर्शकहरुको वान्समोरको आवाज घन्किए पछी पुन एकवटा गीत शर्माले गाए ।

Facebook Comments