• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वविज्ञान शिक्षक महराले हेरे विज्ञान प्रदर्शनी




सभामुख कृष्णबहादुर महराले गुरुजजुर मावि रक्षाचौरको बार्षिकोत्सवमा विद्यार्थीले बनाएका विज्ञान प्रदर्शनीका सामग्री चासोका साथ अवलोकन गर्नुभएको छ ।

उहाँ आफै पनि पहिले विज्ञानको शिक्षक भएकाले पनि उहाँले विज्ञान प्रदर्शनी चासोका साथ अवलोकन गर्नुभएको हो ।

सो क्रममा उहाँले प्रदर्शनीमा राखिएका कलाजस्तै वस्तु निर्माण गर्न सकिन्छ कि सकिदैन भनेर विद्यार्थीलाई सोध्नुभएको थियो । उहाँले आफू पनि पहिले विज्ञान शिक्षक भएको बताएपछि विद्यार्थी थप उत्साहित भएका थिए ।

बार्षिकोत्सवलाई सम्वोधन गर्दै सभामुख महराले सामुदायिक बिधालयहरुले गुणस्तरीय शिक्षा दिन शुरु गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले सभामुख महराले बिधालयहरुले प्रदान गर्ने शिक्षामा कुनै पनि भेदभाव हुन नहुने भन्दै शिक्षामा सुधार आवश्यक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता तथा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा संयोजक देवराज विश्वकर्मा, नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्का, व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर खड्का, वडा नं ४ का वडा सदस्य डिला परियार, शंकर गौतम, कृष्णकुमार गिरी, सुरेन्द्रबहादुर खड्का, विद्यालय स्थापना गर्ने संस्थापक प्रसुराम गुरुङका छोरा मनबहादुर गुरुङ, पुर्व विद्यार्थी सुर्यप्रसाद शर्मा पुरस्कार स्थापनक कर्ता लक्ष्मण केसीलगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयका शिक्षकहरु प्रमोद न्यौपाने, नारायण देवकोटा, सुसीला सुवेदी, सोनि सिंहलाई कदरपत्रले सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयको प्रगति प्रतिवेदन पेश गदै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको बताएउनु भयो ।

विद्यालयका शिक्षक लेवेन्द्र धितालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका धन्यवाद ज्ञापन शिक्षक अभिभावक संघका अध्यक्ष सुरविर वलीले गरेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षक प्रमोदकुमार न्यौपानेले गरेका थिए ।

Facebook Comments