• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा राजधानीबारे सुझाव संकलनः दाङ नै अन्तिम विकल्प हुने सुझाव




प्रदेश नम्बर ५ सरकारकोले प्रदेशको नामाकरण तथा स्थायी राजधानीको लागि सुझाव संकलन एवं अन्तकृया कार्यक्रम शुरु गरेको छ ।

उक्त कार्यक्रम प्रदेस सरकारले विशेष समिति गठन गरेअनुसार रुकुम पूर्वको रुकुमकोट सिस्ने क्याम्पसमा कार्यक्रम गरिएको थियो । पहिलोपटक रुकुमपूर्व र बाँकेबाट कार्यक्रम शुरु गरिएको हो ।

६ वटा समिति गठन गरी एक समितिले २ वटा जिल्लाको जिम्मा लिएको छ । प्रदेश नम्बर ५ मा जम्मा १२ वटा जिल्ला रहेका छ्न् ।

सबै प्रदेशका राजधनी तथा नामाकरण टुङ्गो लागेको छैन् । राजनैतिक चहलपहलले स्वार्थ हावी हुने भएकोले यो समस्यालाइ राजनैतिकसँग नजोडिन संघीय सांसद कमला रोकाले बतानुभयो । त्यसैले यस सुझाव कार्यक्रमले नै टुङ्गो लगाउनुपर्ने उहाँको सुझाव छ ।

सम्पूर्ण जनताको स्वामित्वमा रहि कुनै पनि विवाद नहुने गरि ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको विशेष समिति सदस्य एवं प्रदेशसभा सदस्य दिनेश पन्थीले बताउनुभयो । पछाडिका पुस्ता सम्मकालाई समेत ध्यानमा राखि नमूना प्रदेश निर्माण गर्ने उद्देश्यले शुरु गरिएको यो कार्यक्रम फागुन १८ सम्ममा सञ्चालन हुने पन्थीले जानकारी दिनुभयो ।

सुझावबाट प्रतिवेदन तयार गरि सदनमा पेस गर्ने पन्थीले जानकारी दिनुभयो ।

जिल्ला जिल्लाबाट आएका सुझावअनुसार प्रतिवेदन सदनमा पेश गरी चाँडै निष्कर्षमा पुग्ने गाउने विशेष समिति सदस्य एवं प्रदेशसभाका सदस्य वीरबहादुर रानाले बताउनुभयो ।

यसैबीच रुकुमपूर्वका सरोकारवालाहरुले प्रदेशको मध्यविन्दुमा राजधानी तोक्न माग गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले सहमतिका आधारमा मध्यविन्दुमा राजधानी तोक्न सुझाव दिनुभयो ।

विवाद नहुने गरी भौतिक, सांस्कृतिक आधारमा जनताको विचारलाई नै सम्मान गरेर राजधानी तोक्न भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले सुझाव दिनुभयो । सदनबाट जनताको सुझावमार्फत नै सहमति होस् तर पशुको दर्जामा खरिद बिक्री मत नहोस् भन्दै उहाँले समितिलाई सजग गराउनुभयो ।

सहभागीले प्रसिद्द धार्मिक स्थल लुम्विनी, स्वर्गदारी र जनजाति मगर र थारुको बाहुल्यता रहेकाले मगरात–थारुवान आदि नाम राख्न सुझाएका छन् । उनीहरुले प्रदेशभरिका जिल्लाका बासिन्दालाइ सहज बनाउन राजधानी दाङ जिल्लालाइ बनाउनुपर्ने राय व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कमला रोका, प्रदेशसभाका सदस्य आशा स्वर्णकार, रुकुमपूर्वमा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधलगायतको सहभागिता थियो । समितिले रुकुमपूर्वपछि रोल्पामा सुझाव संकलन गर्नेछ ।

Facebook Comments