• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा रेडपाण्डाको छालासहित एक पक्राउ




जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले रातो हाब्रे(रेडपाण्डा)को छाला सहित एक जनालाई प्रक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका १ गिलवाङबाबाट तिन थान रेडपाण्डाको छाला सहित एक जनालाई प्रक्राउ गरेकोे हो ।

प्रक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्वर ३ कोलचौरका २३ बर्षिय बिकास बिक रहेका छन् । रेडपाण्डाको छाला लुकाई छिपाई ओसार पसार भैरहेको भन्ने सुचानाको आधारमा छाला सहित बिकलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

शुक्रबार दिउसो मुसिकोट नगरपालिका १ गिलबाङबाट ग ५ प ११६५ नम्वरको मोटसाईकलमा सदरमुकाम खलंगा तिर ल्याउदै गरेको अबस्थामा रेडपाण्डाको छाला सहित विकलाई प्रक्राउ गरिएको हो । बिकले बोकेको झोलाबाट छाला बरामत गरिएको प्रहरीले बताएको छ ।

साथै मोटर साईकलमा छपाडि सवार नाम र ठेगाना नखुलेको प्रतिक भनिने व्यक्ति भने फरार रहेको डिएसपी खड्काले बताउनु भयो । प्रतिकलाई नियन्त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेका हुन । नियन्त्रणमा लिने त्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते हुनुभएको छ । विष्टको खुट्टामा गहिरो चोट लागेको छ । फरार रहेका प्रतिक भनिने व्यक्तिको खोजिकार्य भैरहेको बताइएको छ ।

छाला ओसार पसारमा संलग्न व्यक्तिले प्रयोग गरेको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान पछि छाला र अभियुक्तलाई डिभिजन बन कार्यालयमा बुझाउने तयारी गरिएकोे प्रहरीले बताएको छ ।

त्यस्तै अबैध सालको काठ सहित २ जनालाई प्रक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका १ सल्लेबाट रा १ त २४९६ नम्वरको ट्याक्टरमा लुकाई छिपाई लैजादै गर्दा सालको काठ सहित २ जनालाई प्रक्राउ गरिएको हो ।

प्रक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका १ लागिका २९ वर्षिय गाडि चालक पलबहादुर मल्ल र ट्याक्टरमा सवार रुकुम पुर्व सिस्ने गाउँपालिका ८ स्यालापाखा बस्ने ४५ बर्षिय चुम बहादुर रावललाई प्रहरीले पक्राउ गरेको छ ।

अबैध काठको ओसार पसार भैरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले काठ सहित प्रक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो ।

प्रहरीले ४ जोर सालको काठको झ्याल, ४ जोर सालको काठको ढोका र ३ थान भेन्टिलेसन सहित २ जनाई प्रकाउ गरिएको छ । काठ र ओसार पसारमा संलग्नलाई २ जनालाई आवश्यक कार्बाहिको लागि बन डिभिजन कार्यालयमा पठाइएको डिएसपी खड्काले बताउनुभयो ।।

Facebook Comments