• १४ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
धारापानी महायज्ञमा पद्योदय क्याम्पसले मार्केटिङ गर्ने




यही फागुन ११ गतेदेखि फागुन १८ गतेसम्म दाङको पर्यटकीयस्थल धारापानीमा हुने सप्ताह तथा महायज्ञको अवसर पारी पद्यमोदय क्याम्पसले मार्केटिङ् गर्ने भएको छ ।

विद्यार्थीहरुको सकृयता तथा शिक्षकहरुको प्रोत्साहनमा मार्केटिङ् गर्ने भएका हो । उक्त मार्केटिङ्को लागि आवश्यक स्टल बुकिङ, वस्तु तथा सेवाहरु खरिद गरिएको छ ।

सप्ताह ७ दिनसम्म निरन्तर चल्ने माहायज्ञ पूजामा विद्यार्थीहरुको समुह विभाजन गरी निरन्तर मार्केटिङ् गरिने निर्णय भएको छ । विविएस् पहिलो वर्ष र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको प्रमुख भूमिका र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको महत्वपूर्ण सहयोगमा यो कार्य थालिएको हो ।

विद्यार्थीहरुको सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक ज्ञान र उपस्थित सशंकित तथा सम्भाव्य ग्राहकवर्गलाई कसरी आफ्नो वस्तु तथा सेवाहरु खरीद विक्री कार्य गराउन सफल भइन्छ भन्ने बारेमा व्यावहारिक ज्ञान हासिल गर्न सक्षम हुने क्याम्पसले अपेक्षा गरेको छ ।

सशंकित ग्राहकवर्गहरुलाइ आफ्नो वस्तु तथा सेवाहरु खरीद विक्री कार्य गराउन कसरी उत्प्रेरीत गर्दा सफल भइन्छ भन्ने कुराहरु सिक्ने र यसबाट प्राप्त भएको मुनाफा गत वर्ष जस्तै अक्षयकोषको स्थापना र सामाजिक कार्यमा लगानी गर्ने क्याम्पस प्रमुख निश्चल आचार्यले बताउनुभयो ।

यसैगरी दाङ्को सन्दर्भमा उदाहरणीय तथा फरक खालको कार्यको थालनी गरेको क्याम्पसका शिक्षकहरुको भनाई छ । ११ गते देखी फागुन १८ गते सम्म चल्ने माहायज्ञमा नेपालकै चर्चित वाचक दिनन्धु पाख्रेल आउने भएकाले जनमानसको घुईचो र सोही अवसरमा मार्केटिङ् गर्ने विद्यर्थीहरुको भनाई रहेको छ ।

Facebook Comments