• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वृहत शोक र्याली र सलामीसहित सांसद ओलीको अन्त्येष्टि




दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको शनिवार अन्त्येष्टि गरिएको छ । हजारौंको संख्यामा शोक ¥यालीसहित अन्त्येष्टि गरिएको हो ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद ओलीको शुक्रबार काठमाडौंको मेडासिटी अस्पतालमा उपचारको क्रममा बिहान ३ बजे निधन भएको थियो ।

दाङ दंगीशरण गाउँपालिका वडा नंम्बर ६ बागरखोला घाटमा ओलीको अन्त्येष्टि गरिएको हो ।

ओलीको पार्थिक शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नंम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश नंम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नेपालको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।

ओलीको सम्मानमा शोक सलामी पनि पनि प्रदान गरिएको थियो । शुक्रवार मात्रै प्रदेश सरकारले शोक सलामी दिने निर्णय गरेको थियो ।

अन्तिम श्रद्धाञ्जलीका लागि प्रदेश नंम्बर ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का प्रतिनिधिसभा संसदीय दलका सचेतक शान्ता चौधरीलगायत दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेश सांसद, नेता तथा कार्यकर्ताहरु घाटमा सहभागी थिए ।

Facebook Comments