• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस स्वतन्त्रता हनन् हुन नदिन सरकार प्रतिबद्धः सञ्चारमन्त्री




सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सचेत रहेको प्रसङ्ग उल्लेख गर्दै न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरिएको र यसको सुनिश्चितताका लागि बैंकिङ प्रणालीद्वारा व्यक्तिको नाममा भुक्तानीको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

समानुपातिक विज्ञापनका लागि सरकारले ‘विज्ञापनसम्बन्धी विधेयक’ संसद्मा पेश गरेको र सरकारले अब विज्ञापन बोर्डमार्फत विज्ञापन उपलब्ध गराउने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । समानुपातिक माध्यमबाट विज्ञापन पाएपछि साना मिडिया बढी बलियो हुने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले नै मुलुकी संहिता सम्बन्धमा प्रेससम्बन्धी सुझावका लागि कार्यदल गठन गरेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकको समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य योगेश भट्टराईले सरकारको विरुद्धमा भ्रम फैलाइएको उल्लेख गर्दै प्रेसजगत्को स्वतन्त्रता रक्षाका लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कुमार खड्काले प्रेस स्वतन्त्रता, लोकतन्त्रको रक्षा आदिमा सञ्चार क्षेत्र चनाखो बन्नुपर्ने बताउँदै काङ्ग्रेस प्रेस स्वतन्त्रताको हिमायती रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राजपाका नेता लक्ष्मणराज कर्ण, सङ्घीय समाजवादी फोरमका उपमहासचिव प्रकाश अधिकारीका साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू र विभिन्न सञ्चार क्षेत्र सम्बद्ध सङ्गठनका पदाधिकारीले सञ्चार क्षेत्रको समस्या लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

Facebook Comments