• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा




सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै उहाँले विगतमा निरङ्कुशता विरुद्धमा लड्नुपर्ने अवस्था थियो भने अबको समय अराजकता विरुद्ध लड्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष घोषणा गरेकोप्रति स्वागत गर्दै सभामुख महराले गण्डकी प्रदेश पर्यटनको आकर्षक केन्द्र भएको उल्लेख गर्नुभयो । आफू १० वर्षअघि सञ्चारमन्त्रीको नेतृत्व संहाल्दा सञ्चार क्षेत्रको विकासका सन्दर्भमा केही महत्वपूर्ण कामको थालनी गरेको स्मरण गर्दै उहाँले वर्तमान सरकार पनि यस क्षेत्रको विकासका लागि अघि बढेको धारणा राख्नुभयो । उक्त अवसरमा सभामुख महराले विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुभयो भने गण्डकी प्रदेशको आन्तरिक कार्यविधि लोकार्पण गर्नुभयो ।

महासङ्घद्वारा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तित्वका नाममा स्थापित पाँच जनालाई उक्त अवसरमा पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासङ्घका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सप्तरीका शिवहरि भट्टराई सम्मान गरियो । पुरस्कारको राशि रु एक लाखको रहेको छ ।

त्यस्तै, गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि रु ५० हजार रुपैयाँ र सम्मानपत्र छ । कृष्णसेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौँका बलराम थापा पुरस्कृत हुनुभएको छ । सो पुरस्कारको राशि पनि रु ५० हजारको रहेको छ ।

यस्तै उमासिँह स्मृति पत्रकारिता पुरस्कारबाट सिरहाका हिरालाल चौधरी र गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट अछामकी गीता कुँवरलाई पुरस्कृत गरिएको छ । दुवै पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

ग्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रीकृत मानसिकताका कारण सङ्घीयता कार्यान्वयनमा अप्ठेरो पर्दै आएको बताउँदै सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

Facebook Comments