• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशसभा सदस्य ओलीको निधन, शव हेलिकोप्टरबाट आजै दाङ ल्याइने




देश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । उपचारको क्रममा उनको शुक्रबार बिहान मेडिसिटी अस्पताल काठमाडौँमा निधन भएको हो ।

गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका ओलीको निधन उनको परिवारले पुष्टि गरेको छ । नेकपाको तर्फबाट दाङ क्षेत्र नम्बर ३ ख बाट निर्वाचित सांसद ओली सवार कार र बस गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै दुर्घटनामा परेको थियो ।

सांसद ओलीको दुर्घटना भएको १६ दिनसम्म होस खुलेको थिएन । संसद बैठक सकेर दाङ फर्कँदै गर्दा कार र बस ठोक्किन पुगेको थियो । सो दुर्घटनामा बसमा सवार एक महिलाको समेत मृत्यु भएको थियो ।

पार्टी केन्द्रिय कार्यालय काठमाडौमा श्रद्धाञ्जली दिई हेलिकप्टरबाट उहाँको शव आजै तुलसीपुर पुर्याइने र दिउँसो एक बजे पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको नेकपा दाङका कार्यदल सदस्य तुलसीराम पुन सुवासले जानकारी दिनुभयो ।

Facebook Comments