• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोखरामा पत्रकार महासंघको विधान अधिवेशनको तयारी पूरा




नेपाल पत्रकार महासङ्घको यही बिहीबारदेखि पोखरामा हुने दुईदिने वार्षिक साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

साधारणसभाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरामा हुने कार्यक्रममा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ५०० को सहभागिता रहने बताउनुभयो ।

सङ्घीय संरचनाअनुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै उहाँले साधारणसभासँगै हुने विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार परिमार्जित विधानसँगै महासङ्घको सङ्घ, प्रदेश र जिल्लाको अधिवेशन एकै दिन हुनेछ ।

पोखराको साधारणसभा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले यससँगै महासङ्घ नयाँ गति एवं उत्साहका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासङ्घ केन्द्रको आयोजना एवं कास्की जिल्ला शाखाको स्थानीय व्यवस्थापनमा हुन लागेको साधारणसभा भव्य र सभ्य बन्ने विश्वास व्यक्त गर्दै स्थानीय तहमा गर्नुपर्ने सबै तयारी सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुहुने साधारणसभा एवं विधान अधिवेशन अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै प्रभातफेरीको आयोजना गरिएको छ ।

Facebook Comments