• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नमूनारुपमा मनाइयो प्रजातन्त्र दिवसः विद्यालयको अगुवाइ, समुदायको सहभागिता




घोराही उपमहागरपालिका १३ बडहरास्थित गोदावरी इंलिश मिडियम स्कूल (जेम्स)ले आज स्थानीय समुदायको साथमा ६९ औं स्थापना दिवस मनाएको छ ।

विद्यालयको अगुवा र समुदायको सहभागितामा ¥याली र सभा गरेर विद्यालयले प्रजातन्त्र दिवस मनाएको हो ।

विद्यालयबाट शुरु भएको ¥यालीले वस्ती परिक्रमा गरी बडहरा पार्कमा पुगेर सभामा परिणत भएको थियो ।

विद्यालयका प्रिन्सिपल बिष्णुप्रभात दाहालको अध्यक्षता एवंं नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष नरेन्द्र केसीको प्रमुख आतिथ्यमा सभा भएको थियो ।

प्रमुख अतिथि केसीले २००७ सालको क्रान्तिले नेपालमा आधुनिक युगमा प्रवेश गराएको उल्लेख गर्दै अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा र राजनीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्ने अबको मुख्य कार्यभार भएको बताउनुभयो । बिशिष्ठ अतिथि नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले सबै मिलेर प्रजातन्त्र संस्थागत गर्नुपर्ने बताउनुभयो ।

अर्का बिशिष्ठ अतिथि वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीले मुलुकलाई समृद्धि दिशामा अघि बढाएर मात्रै सबैलाई प्रजातन्त्रको अनुभूति दिलाउन सकिने बताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी घनश्याम घिमिरे, प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव बिष्णु पंगेनी, वडा सदस्य केशब गिरी, प्रगतिनगर टोल विकास संस्थाका सचिव सन्दीप पुन, सिज स्वर्ग टोल विकास संस्थाकी अध्यक्ष मनिषा पुन, शिक्षिका समीक्षा सुवेदी, विद्यार्थीहरु शुष्मा गिरी, दुबी पुरी, राज रोकालगायतले बोल्नुभएको थियो । शिक्षक गोविन्द नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन भाइस प्रिन्सिपल श्रीधर भावुकले गर्नुभएको थियो ।

Facebook Comments