• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वप्रधानमन्त्री भट्टराइ रुकुमपूर्वको आरानमा




पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्राइले रुकुमपूर्वका गाउँमा पुगेर दलित समुदायले सञ्चालन गरेको परम्परागत आरन अवलोकन गर्नुभएको छ ।

पूर्व पाँचथरदेखि पश्चिम बैतडीसम्म एक महिने जनसंवाद यात्राका क्रममा ७७ औं जिल्ला रुकुमपूर्वको भूमे १ लुकुकमा आयोजित जनसंवाद कार्यक्रममा भाग लिनुअघि उहाँ आरनमा पुग्नुभएको हो ।

डा. भट्टराइले सामाजिक चेतना र जागरणमा पनि अझै मेहनत गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

दलित वस्तीको अवलोकन गर्दै उहाँले अब पुरानै तरीकाले आरन र सिकाइ पेशा अघि बढ्न नसक्ने बताउनुभयो । ‘यहाँका आरन र सिलाइ पेशाको अवस्था देख्दा अझै आर्थिकरुपमा सामन्तवादका अबशेष बाँकी रहेको देखियो, अब पुराना सबै सीप कलालाई औद्योगिकरण गरेर मात्रै पूँजीवादलाई पूर्णता दिंदै समुन्नत समाजवादमा जान सकिन्छ’– उहाँले भन्नुभयो ।

उहाँको गाउँका विकास हुन नसकेकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । गाउँमा सामान्य टेलिफोनसमेत नपुगेको भन्दै उहाँले युवा जति बिदेश र गाउँहरुमा बृद्धबृद्धाका भरमा चलेको देखेर आफू थप चिन्तित भएको बताउनुभयो ।

वडा अध्यक्ष रामचन्द्र पुनको घरमा उहाँले स्थानीयसँग छलफल गर्नुभएको थियो । माघ १५ देखि थालेको भट्टराइको जनसंवाद यात्राको १०८ औं कार्यक्रमको रुपमा गरिएको लुकुमको कार्यक्रममा स्थानीयले गुनासो सुनाएका थिए । उनीहरुले जिल्लाकै सांसद र मन्त्रीहरुले पनि आफूहरुसँग बसेर छलफल नगरी रहेको बेला पूर्वप्रधानमन्त्री आएको भन्दै खुशी व्यक्त गरेका थिए ।

मंगलवार नै रुकुमपूर्वको भूमे गाउँपालिकाले डा. भट्टराइलाई सम्मान गरेको छ । आफ्नो गाउँपालिकाको कार्यलयमा आउने अहिलेसम्मकै उच्च पदको व्यक्तिलाई सम्मान गर्न र रुकुमपूर्वमा विकास निर्माणको ध्यानाकर्षण गराउन पाएको भन्दै गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले खुशी व्यक्त गर्नुभयो ।

Facebook Comments