• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती समाज जापानको अगुवाइमा आर्थिक सहयोग संकलन




विभिन्न पेशा व्यवसाय अध्ययनको सिलसिलामा जापानमा रहेका राप्तीबासी नेपालीहरुले केहि महिना अगाडी करेन्ट लागेर हात खट्टा गुमाएका कृष्ण, जमुना गहतराजलाई उपचार गर्न आर्थिक सहयोगको अभाब भन्ने समाचारहरु विभिन्न सञ्चारमाध्यमहरुमा आए लगतै राप्ती समाज जापानको अगुवाइमा आर्थिक सहयोग संकलन अभियान चलाएको थियो ।

टोक्योको सिनोकुबोमा रहेको ओभरसिज रेमिट मार्फत समाजका अध्यक्ष विशेश्वर रेग्मि र कोषाध्यक्ष युवराज रेग्मि लगाएत सदस्यहरुको उपस्थितीमा सो रकम नेपाल पठाइएकोले केहि दिनभित्र काठमाडौमा हस्तान्तरण गर्न बताएको छ ।

समाजले यस अघि नै दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत लगाएत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरु लाई सहयोग गर्दै आएको छ ।

सबै दुख पिडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगि साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्भ लाग्ने र पिडीतको घाउमा मल्म लगाउने काम गरिएको राप्ती समाजका सदस्य प्रकाश ओलीले बताउनु भयो ।

Facebook Comments